Sunday 27th July 2025

चीनको राजधानी बेइजिङमा भिषण वर्षा हुँदा २० को मृत्यु, दर्जनाै बेपत्ता


चीनको राजधानी बेइजिङमा लगातारको अविरल वर्षाका कारण २० जनाको मृत्यु भएको छ भने दर्जनाै मानिसहरू बेपत्ता भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो। साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए। उद्धारका क्रममा मङ्गलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ।

चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्। बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ।। सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो।

राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन्। वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो। राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन्।

बेइजिङको बाढी भण्डारण जलाशयलाई २५ वर्षअघि निर्माण गरिएपछि नदीहरू खतरनाक तहमा पुगेकाले पहिलो पटक प्रयोग गरिएको थियो। बेइजिङमा आधुनिक चीनको स्थापना भएदेखिकै सबैभन्दा शक्तिशाली आँधीले ग्रस्त भएको बेला जुलाई २०१२ मा आएको भीषण आँधीबाट विगत केही दिनमा भएको वर्षाले रेकर्ड नाघेको सहर सरकारले जनाएको छ।

वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ। अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन्। साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

प्रतिकृयाहरू
...