Friday 3rd May 2024

कथाः वेश्या


रोजिना ढुंगाना – उजेलीलाई सबैले “वेश्या” को उपनाम दिएका थिए । आखिर वेश्या भनेको के हो त ? अनि उजेलीलाई किन वेश्या भनियो त ? अनि उजेलिलाई कस्ले वेश्या बनायो ? उजेली एक गरिब परिवारकी छोरी थिइन । सानैमा टुहुरी भएकी, सानैदेखि आफैले आफ्नो पेट पाल्नु पर्ने थियो । स्कुल त देख्दा पनि देखिनन, जब सात वर्षकी पुगिन त्यो बेला देखिका आफ्ना काहानी सुनाउने गर्छिन उनी । त्यो भन्दा अगाडीको थाहै पाइनन रे, उजेलीको सत्य कथा।

उजेली सात वर्षदेखि नै अरुको घरमा भाडा माझ्ने, गाई बस्तु हेर्ने, घाँस काट्ने जस्ता घरायसी काम गरेर आफ्नो पेट पाल्ने गर्थिन । उजेलीलाइ दुःख पर्दा साथ सपोर्ट गर्ने कोहि थिएन । कसैले केही गरिहाल्यो भने पनि कसैलाई भनौं भने पनि उनको कोही थिएन । बाल्यकालदेखि नै दुःख पर्दा एक्लै रोइन । अझ कोही र केही नभएको थाहा पाएपछि उजेलीलाई सबैले हेप्थे दुःख दिन्थे। ।

बालखैदेखि गाउँका उमेर पुगेका बुढाहरुले उन्लाइ जिस्क्याउने, छुने, चिमट्ने गर्थे अर्थात दुर्व्यवहार गर्ने गर्थे । उनी थाहा नपाए झै गर्थिन ।आफ्नो पेट को लागिया भनौं जिउनको लागि उजेलीले यस्ता हजारौ दुर्व्यवहार सहि सकेकी थिइन् । घाँस- दाउरा जाँदा होस या मेलापात गर्दा नै किन नहोस उनी हरेक दिन प्रताणित हुने गर्थिन् ।

अब त उनी किशोरी पनि भैसकिन तर पनि उनको जिन्दगीमा केही बदलिएको छैन बरु उनको जवानी र आफ्नो पेटको लागि अझ बढी संघर्ष गर्नु पर्यो । ठुली भएर जागिर खालिन् भने उनी अनपढ छिन् । उनलाइ भाँडा माझ्न बाहेक केही ज्ञान् थिएन।

उजेलीले कैयौं घरहरु फेरि, फेरि काम गर्नु पर्थ्यो । काहीँ एक दिन काम गरेपछी साहुजीले अनैतिक व्यवहार गर्न खोज्ने र प्रतिकारमा परिवार या साहुनीले कुट्पिट गरि “वेश्या” को उपनाम दिएर कामबाट पनि ज्याला नै नदिइ निकालिन्थ्यो। ।कैयौंपटक हरेक बाहानामा उजेलीलाई वेश्या बनाइयो र धनी साहुकार अर्थात कैयौं बिवाहित पुरुषहरुबाट यसरी नै कहिलै घरमा त कहिलै बजारमा उनको याैन शोषण गरियो । बिना गल्ती नै नारीहरुले नै उजेलीलाई “वेश्या” को उपनाम दिइ नै रहे।

उनीहरुले अफ्ना लोग्ने या पुरुषको गल्ती नै देखेनन या देखे पनि उनीहरुको इज्जत र पैसाको लागि उजेलीलाई नै गलहत्याए । समय चलि नै रह्यो उजेली तिनै साहुकारहरु द्वारा कैयौं पटक बलात्कृत भइन, आवाज दबाएर पेट पालिरहिन । उजेली जस्ता जस्ले नत एक कक्षा पढेको होस न त उनीहरूको अघि पछि कोही होस, भन्ने र सुन्ने उनका को नै थिए र ! समाज र प्रसासन त पहुँच भएकाहरुको लागि मात्रै हो ।

आज उजेली गर्भवती भएकी छिन् । गर्भमा रहेको बच्चाको बाबु को हुन ? उजेलीलाई त थाहा होला तर पनि मौन छिन् । आज फेरि त्यो ठाउँमा जसले उजेलीलाई जान्दथे, जसले उजेलीको जवानीमा खेले, उनीहरुले खुलेर नै “वेश्या” को उपनाम दिए । आज उनलाइ भाँडा माझ्न सम्म कसैले बोलाउदैन । किनभने उनीहरुको घर बिग्रेला या आफ्ना लोग्नेहरूको नाम आउला भन्ने डरले होला ।आज उजेलीको पेट देखिन थालेको छ । उजेली मागेर खान बाध्य छिन् । बाटोमा सुत्दा गजडीहरुले पनि उनलाइ आहारा बनाए, उनले सबै सहनु अलवा केही थिएन ।

उजेलीलाई अब जसले अलिकती पैसा दिन्छ त्यतै जानू पर्ने बाध्यता थियो । चाहे जोसुकैले जे सुकै भनोस अब उनलाई आफ्नो पेटको बच्चाको बाहेक केही चिन्ता भएन । उनी हारीसकेकी थिइन । अब उनी घरमा भाँडा माझ्ने उजेली देखि सडक छाप रोडमा अरुको पेट बोकेर वेवारिसे वेश्या बनि सकेकी थिइन । वास्तवमा पेट बोकाउनेहरु तिनै धनी माहाजन हरु थिए । कहिले काहीँ उजेली बहुलाइ जस्तो चिच्याउन पनि थालेकी थिइन, भन्ने गर्थिन, “हो हो म वेश्या नै हो तेरै लोग्ने र तेरै बाउले मलाइ वेश्या बनाएको हो” भनेर । यस्तो अवस्थामा मानसिक स्थिति पनि सन्तुलन थिएन होला उनको ।

महिना पुरा भएपछि उजेलीले सडकमै एक छोरीलाई जन्म दिइन । सडकमा विजोग देखेपछि केही जमातले हस्पिटल पुर्याएछ्न । केही दिनमा नै उनी हस्पिटलबाट निकालिइन । न घर न आफन्त, फेरि सडकको पेटी, अब त छोरीको पेट पाल्न पनि के गर्नु उनले ? कम्जोरी शरीर। काखको दुधे बालिका अनि आमाको मन, उजेली तिनै सडक छाप भुसियाहरुबाट वेवारिशे वेश्या भएर नै आफ्नाे र छोरीको पेट पाल्दैछिन ।

उजेली जस्ता कैयौ छोरीहरु यसरी वेश्या हुन बाध्य हुन परेको छ जस्लाइ परिवारको साथ छैन । नारी आफैमा कम्जोर हुन्छिन र उन्का सम्बेदन्सिल अंगहरुकै कारण उन्लाइ लुटिन्छ, गिराइन्छ जुन बेला ती टुटेराहरुले आफू आएको बाटो बिर्सिएर , आफ्नी आमा को काख बिर्सिएर आमा जस्तै र उस्तै नारीलाई नंगाउछ्न । अझ एक्लि नारीलाई देखे पछि त बाहाना बनाइ बनाइ लुट्न खोजिन्छ। अनि अन्त्यमा नारीको मात्रै नाम आउँछ ( वेश्या ) बनाउने को नाम खै त?

वास्तववमा उजेली जस्ता वेश्या नाम दिइएका नारीहरु समाजका किरा होइनन् । उजेली जस्ता नारीलाइ शोषण गर्ने समाजका ठुलाठालु र पैसावालाहरू समाजका खराब किरा हुन । एउटी चेलीलाई सबैले साथ दिनु पर्छ । परिवार, बुबा र दाजु अनि लोग्नेको आडमा बस्न पाएकी नारीहरुलाइ गिद्दे नजर लाउनेहरु कमै हुन्छ्न तर उजेली जस्ता नारीहरुलाई धेरै गार्‍हो छ तर यसो भन्दैमा एक्ला नारी सबै लाचार छन् भनेको भने हैन । त्यसो त एक्ली नारीले देश चलाएर पनि खाएका छ्न । हिम्मतवान पनि छ्न तर आज म उजेली जस्ता साच्चै नै पिछडिएकी उजेलो को कुरा गर्दै छु।

यसको तात्पर्य के हो भने वेश्या हुने कसैको रहर होइन । राक्षसले रोपेको बीउ हुर्काउन उजेलीले फेरि वेश्या नै बन्नु पर्यो। तर ती दानवहरुको न नाम आयो न केही नै बिग्रेको छ । बाध्यतामा परेर वेश्या बन्नु परेकाहरूलाइ तिरस्कार होइन उनीहरूको संरक्षण गरेर वेश्या बनाउनेहरूको भण्डाफोर गराैं । जुन मानवरुपि दानवहरुले साहाराका नाममा फाइदा लिएर वेश्या बनाएका हुन, उनीहरूलाइ समाजबाट बहिस्कार गराैं ।

फेरि हाम्रो समाजमा रहेका अरूले भन्लान्, अन्य काम पनि गरि खान सक्थी त ? वेश्यवृत्ति नै गर्नु पर्छ त? पिडित नारीलाई गरिखाने ठाउँ कहाँ छ यहाँ ? कहीँ कतै छैन । यहाँ समाजमा शीर ठाडो गरेर हिँडेका, पढेलेखेका, संभ्रान्त परिवारका महिलाहरूले त सुरुवातमा आफू याैन शोषित पीडित भएको खुलेर भन्न सकेका छैनन् भने उजेली जस्ता निमुखाको त के कुरा गर्नु । पढेलेखेका, राजनीतिक नेतृत्वमा माथि पुगेका, ठुलो ओहोदामा काम गरिरहेका र रंगमञ्चमा पहिचान बनाएका महिलाहरूले समेत याैनको मामिलामा खुलेर प्रतिवाद गर्न नसकेको समाजमा उजेली जस्ती बिचरी नारील कसरी गर्न सक्छिन र प्रतिवाद । जोसुकैले जे भने पनि म ती कम्जोर उजेलीलाई सम्मान (सल्युट) गर्छु अनि तपाईं नि??

-रोजिना ढुंगाना झापा।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...