Saturday 17th January 2026

इजरायलमा सर्वोच्च अदालतको अधिकार कटाैतीसम्बन्धी विधेयक पारित


इजरायली संसदले सर्वोच्च अदालतको अधिकार कटाैतीसम्बन्धी विधेयक पारित गरेको छ । व्यापक विरोध प्रदर्शनकाबीच इजरायलमा न्याय व्यवस्थामा सुधारसम्बन्धी विधेयक त्यहाँको संसदले पारित गरेको हो । संसद्मा मतदान हुन अघि देशभर यस विधेयकको विरोधमा ठुला प्रदर्शनहरू भएका थिए । विपक्षी दलले मतदान वहिस्कार गरेपछि सरकारले उक्त विधेयक पारित गरेको हो ।

सोमबार मतदानअघि विधेयकमाथि सहमति बनाउन गरिएको वार्ता विफल भएको थियो । नयाँ कानुनमा सर्वोच्च अदालतबाट सरकारका ‘न्यायसङ्गत नभएका’ फैसलाहरू उल्टाउने शक्ति फिर्ता लिइएको छ । नयाँ कानुनको मद्दतले न्याय व्यवस्थामा यस्ता कयौँ परिवर्तनहरू गरिएका छन् ।

यस परिवर्तनको विरोधमा इजरायलमा इतिहासकै सबैभन्दा जोडदार विरोध प्रदर्शनहरू भएका थिए । जेरुसेलममा संसद् भवनबाहिर विरोध प्रदर्शन गरिरहेकाहरूलाई नियन्त्रण गर्नका लागि प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो ।

विपक्षीहरूले यो विधेयकले इजरायलको लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिएका छन् । यता सरकारले भने यस विधेयकले शक्तिको असन्तुलन हट्ने दाबी गरेको छ । अदालतले राजनीतिक निर्णयहरूमा अनावश्यक हस्तक्षेप बढाइरहेको सरकारको जिकिर छ ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...