Saturday 21st March 2026

तिहारमा टिका लगाइदिएकी बहिनीलाइ घरबाट जबर्जस्ती उठाइ सामुहिक बलात्कार गर्ने ४ जना पक्राउ


सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पीडितको जाहेरीपछि आरोपी दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडित किशोरीका अनुसार आफूलाई बलात्कार गर्नेमध्येका एक जनालाई तिहारमा लगाएको टीकाबारे पनि सम्झाएकी थिइन् । ‘तपाईंहरू मेरो दाइजस्तै हो, तिहारमा तपाईंलाई लगाएको टीकाको कम्तीमा लाज राख्नुस् भनेँ तर केही सुनेनन्, कुटपिट गर्दे मेरो अस्मिता लुटिरहे,’ पीडित किशोरीले भनिन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी दीपककुमार रायका अनुसार गत असार २९ गते राति साढे १० बजेतिर ती किशोरीलाई भेट्न एक जना साथी आएका थिए । त्यसलगत्तै ४ जना आरोपी छिरेर किशोरी र उनका साथीलाई कुटपिटसमेत गरे । किशोरी र उनका साथीको तस्बिर खिचेर सार्वजनिक गर्ने उनीहरूले धम्की दिए । त्यसपछि किशोरीका साथीलाई घरमै थुनेर नजिकै रहेको घरमा लगेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

आरोपीमध्येका कैलाश भनिने टेकराज पोखरेलको निर्देशनमा ३ जनाले आफूलाई बलात्कार गरेको किशोरीले प्रहरीमा दिएको जाहेरीमा भनेकी छिन् । बलात्कारपछि किशोरीलाई कुटपिट गर्दै घरमा लगेर छोडिदिएको प्रहरीले जनाएको छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएको पीडितले बताएकी छिन् ।

ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने किशोरीका बुवा कामका सिलसिलामा जनकपुर गएका थिए । किशोरीकी आमा र बहिनीलाई अर्को कोठा राखेर चुकुल लगाइ आरोपीहरूले थुनेका थिए ।

सामूहिक बलात्कार भएको घटना किशोरीले पहिले घरपरिवार र छरछिमेकीलाई बताएपछि सोमबार इलाका प्रहरी कार्यालय कञ्चनरुपमा जाहेरी दिएकी थिइन् । डीएसपी रायका अनुसार पक्राउ परेका चारै जनालाई मंगलबार अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिने डीएसपी रायले जानकारी दिए ।

– कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...