Thursday 7th August 2025

मनाङ एयरको हेलिकप्टर सोलुको लामजुरामा दुर्घटना, पाइलटसहित ६ जनाकै मृत्यु


मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरका क्याप्टेन सीबी गुरुङसहित सबैको मृत्यु भएको छ भने हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ । बिहान १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको हेलिकप्टर १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५ को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको थियो ।

मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।

हेलिकप्टर दुर्घटना भएपछि सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको छ ।


सम्बन्धित शीर्षकहरु

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

प्रतिकृयाहरू
...