Saturday 21st March 2026

मेक्सिकोमा बस दुर्घटना हुँदा २९ यात्रुको मृत्यु, १९ घाइते


मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति एउटा बस दुर्घटना हुँदा २९ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ जाँदै थियो । मृत्यु हुनेमा १३ पुरुष, १३ महिला र एक वर्षका बालक रहेका छन् । बस सडकबाट ८० फिट तल खाडलमा खसेकोले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

दुर्घटनाका घाइतेहरूलाइ अस्पताल लगिएको छ भने कतिपय गम्भिर घाइते र बेहोस अबस्थामा रहेका छन् । खाडीबाट बस हटाउन क्रेनको सहायता लिइएको छ ।

प्राविधिक गडबडीका कारण बस दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । अल जजिराका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको हो । यो दुर्घटना भएको सहर पहाडी क्षेत्रमा अवस्थित छ । घुमाउरो सडक र गहिरो खाल्डाहरू छन्।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...