Saturday 21st March 2026

दक्षिण अफ्रिकामा नाइट्रेट अक्साइड ग्याँस चुहावटका कारण १६ जनाको मृत्यु


दक्षिण अफ्रिकाको जोहानेसबर्गमा बुधबार नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका रहेका छन् । घटनास्थलमा पुगेको प्रहरी टोलीले धेरैको उद्धार गरेको थियो ।

जोहानेसबर्गको पूर्वमा बोक्सबर्ग जिल्ला नजिकै एन्जेलो भनिने एउटा बस्ती छ। यो क्षेत्र अवैध उत्खनन गतिविधि सँग जोडिएको मानिन्छ। त्यहाँ बुधबार राति करिब ८ बजे ग्यास विस्फोट भएको फोन आयो। त्यहाँ कामदार पुगेपछि सिलिन्डरबाट विषाक्त ग्यास लिक भएको थाहा पाए ।

दक्षिण अफ्रिकी मिडियाले पनि यी ग्याँस चुहावटहरू यस क्षेत्रमा अवैध उत्खनन गतिविधिहरूसँग जोडिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। बोक्सबर्ग जिल्लाका स्थानीय अधिकारीले पनि यसको पुष्टि गरेका छन् । उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट अवैध उत्खननका लागि ग्याँस प्रयोग हुने गरेको पाइएको छ ।

दक्षिण अफ्रिका हजारौँ अवैध खानीहरूको घर हो। यहाँ बेरोजगारी दर लगभग ३२ प्रतिशत छ। दक्षिण अफ्रिकामा हजारौँ मानिस अवैध खानीमा काम गर्छन्। जोहानेसबर्ग दक्षिण अफ्रिकाको एक व्यावसायिक क्षेत्र हो, जहाँ सन् १८८० को दशकमा सुनको खोजी गर्दा उत्खनन सुरु भएको थियो।

त्यहाँ यस अघि क्रिसमसको पूर्वसन्ध्यामा ग्यास ट्याङ्कर विस्फोट भएर ४१ जनाको ज्यान गएको थियो भने ६ महिनाको अन्तरालमा पुनः ग्याँस चुहावटकै कारण मानिसहरूको मृत्यु भएको छ ।
-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...