Thursday 26th February 2026

युगाण्डाको एक विद्यालयमा सशस्त्र विद्रोहीको आक्रमण, कम्तीमा ४१ जनाको मृत्यु


सशस्त्र विद्रोहीले पश्चिमी युगान्डाको एउटा विद्यालयमा आक्रमण गर्दा कम्तीमा ४१ जनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा अधिकांश विद्यार्थी रहेकाछन् । ८ जना सख्त घाइते छन् भने ६ जनालाई आक्रमणकारीहरूले अपहरण गरेको युगान्डाका अधिकारीहरूले बताएका छन्।

केहीलाई चक्कुले हानेर मारिएको थियो भने अरूलाई उनीहरूको छात्रावासमा आगो लगाएर जिउँदै जलाइएको समाचार सिएनएनले जनाएको छ ।

युगान्डाको सेनाका अनुसार आइएसआईएससँग सम्बन्धित एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) विद्रोही समूहका करिब २० सदस्यले शुक्रबार राती लुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गरेका थिए। आक्रमणका बेला विद्यालयमा ६२ जना रहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...