Wednesday 4th March 2026

कुवेतको फाहाहिलमा चौतारी नेपाली रेस्टुरेन्टको नयाँ शाखा संचालनमा


कुवेत- कुवेतको अत्यन्तै व्यस्त शहर फाहाहिल बजारमा चाैतारी नेपाली रेष्टुरेन्टको नयाँ शाखा संचालनमा आएको छ । वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समयदेखि व्यवसायिक अनुभव बटुलिसकेका नेपाली युवाहरु (राजु कार्की,सुजन केसी,सन्तोष तमाङ र शिव कोइराला)को संयुक्त लगानीमा कुवेतको फाहाहिलमा चौतारी नेपाली रेस्टुरेन्टको नयाँ शाखा हिजो मिती जुन १६ तारिख शुक्रबार २०२३ का दिन औपचारिक शुभारम्भ गरेका छन् । यस अघि मालिया सिटी, साल्मिया सिटी तथा महाबुलामा चाैतारी रेष्टुरेन्ट सन्चालन गरि अपार व्यवसायिक सफलता प्राप्त गरेपछि चाैतारी संचालक समुहले फाहाहिलमा नयाँ शाखा शुभारम्भ गरको हो ।

Chautari Restro शुभारम्भ समारोहमा कुवेतका लागि नेपाली राजदुतबासको कार्यवाहक राजदूत सुजनी राना लगयत राजदूतावास कुवेत परिवार, NRNA कुवेतका अध्यक्ष, कुवेतको नेपाली समाजका कृयाशिल बिभिन्न संघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य समाजसेवी बुद्दिजिवीहरुको उपस्थिती रहेको थियो।

कुवेतमा नेपालीहरुको संख्या बढे संगै नेपाली परिकार पाउने रेष्टुरेन्ट खोल्ने क्रम पनि बढि राखेको छ । कुवेतको फाहाहिल सहर नेपालीहरुको निकै बाक्लो जमघट हुने ठाउँ हो। नेपाली,फिलिपिनी, इन्डियान,भुटानी,नागरिकहरुलाइ लक्षित गरेर खोलिएको चौतारी नेपाली रेस्टुरेन्ट अहिले सबैको प्यारो बन्न पुगेको छ। सफा तथा स्वच्छ वातावरण रहेको उक्त रेष्टुरेन्टमा स्वादिष्ट परिकारहरु पाउने कारणले गर्दा सबैको प्यारो बन्न पुगेको हो । यहाँ नेपालीहरुले मन पराउने खानामा मम, खाजा सेट, सुकुटी चिउरा,थुक्पा,सेलरोटी,ढिडो,लगायत दर्जन भन्दा बढी नेपाली परिकारहरु साथै इन्डियन, चाईनिज, भुटानी, फिलिपिनीहरूको खाना पाइन्छ।

सबै उपस्थित नेपाली दाजु भाई तथा दिदिबहिनीहरुलाई Chautari Restro संचालक टिमको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा समेत नेपाली खाना र अन्य देशका खानका पारखीहरूको माया, हौशला र सहयोग निरन्तर पाइरहनेछाैं भन्ने अपेक्षा राख्दै उपस्थित सबैलाई मिठो भोजनले स्वागत गरेका थिए।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...