Sunday 18th January 2026

नाइजेरियामा डुंगा दुर्घटना हुँदा कम्तिमा १०३ जनाको मृत्यु


उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तिमा एक सय तीन जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टेर भएको उक्त दुर्घटनामा जना बेपत्ता भएकाहरूको खोजी जारी रहेको अल जजिरा न्यूजले जनाएको छ ।

छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा डुङ्गा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मी अजयलाइ उधृत गर्दै अल जजिराले समाचार प्रकाशित गरेको छ ।

स्थानीय बासिन्दा उस्मान इब्राहिमका अनुसार पीडित महिला र बालबालिका नाइजर राज्यको एग्बोटी गाउँमा रातभर भएको विवाह समारोहबाट फर्किरहेका थिए। त्यसपछि डुङ्गा पल्टियो। डुङ्गामा एक सयभन्दा बढी मानिस सवार थिए । बिहान करिब ३ बजे दुर्घटना भएको र झन्डै दुई घण्टापछि मात्रै धेरैलाई थाहा भएको उनले बताए ।

अधिकारी र स्थानीयवासीले नदीमा अझै शव खोजिरहेका छन् । नाइजेरियाका धेरै दुर्गम समुदायहरूमा डुङ्गा दुर्घटनाहरू भइरहन्छन् जहाँ स्थानीय रूपमा बनाइएका डुङ्गाहरू प्रायः यातायातको लागि प्रयोग गरिन्छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...