Thursday 26th February 2026

नागरिकलाइ धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दै जापान


जापानले आफ्ना नागरिकहरूलाई धेरै बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ । त्यसका लागि सरकारले सहायता प्याकेज पनि घोषणा गरेको छ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको जन्मदरमा आएको तीव्र गिरावटलाई रोक्न विभिन्न नीतिहरू घोषणा गरेका हुन् । पत्रकारहरूसँग कुरा गर्दै किशिदाले यो दशक जापानको बुढ्यौली जनसङ्ख्यासँग जुध्ने अन्तिम मौका भएको बताए । घोषणा गरिएका नीतिहरू आगामी वर्षदेखि लागू हुनेछन् । यसमा बालबालिकालाई आर्थिक सहायता, आमाबाबुका लागि थप बिदा, बालबालिका हुर्काउने खर्चमा मद्दत गर्ने लगायत समावेश छ।

प्रधानमन्त्रीले देशमा कर नबढाई यो नीति कार्यान्वयन गर्न पहल गर्ने बताएका छन् । तर कतिपय विश्लेषकहरूले भने यो नीतिमा धेरै खर्च हुने भएकाले कार्यान्वयन हुनेमा आशङ्का जताएका छन् ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...