Friday 11th July 2025

गाेधुली साहित्य प्रतिष्ठानकाे नवौं भर्चुअल स्वतन्त्र काव्य गाेष्ठी सम्पन्न


गाेधुली साहित्य प्रतिष्ठानकाे नवौं भर्चुअल स्वतन्त्र काव्य गाेष्ठी २०८० जेठ ७ गते प्रतिष्ठानकी अध्यक्ष गंगा लिगलको सभापतित्वमा एबं प्रमुख अतिथि महा काव्यकार गोविन्द घिमिरे वेदमणि ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा मन्तव्य दिनु हॅुदै अनलाइन कार्यक्रम विशेष हुॅदो रहेछ ।देश विदेश रहेका स्रष्टाहरुलाई पनि समेट्न सकिने ।काव्य गोष्ठीले स्तरियताको क्षितिजमा प्रवेश गाराएको महयुस भएको छ ।दुई वर्ष अगाडि र अहिलेको तुसना गर्दा निकै खारिएको पाएको छु भन्नु हॅुदै “ मनमा वेदना बोकी सन्चै छु कसरी भनौं “ रचना सुनाउनु भयो ।

डा बम बहादुर जितालीले गंगा लिगल अध्यक्ष भएपछि गोधूलिले विश्व साहित्यमा अग्रसर भएको छ भन्नु भयो । जनार्दन अधिकारी धड्कनले नेपाली माटोमा जन्मेर नामाकरण पाएको खोरिया,स्रष्टाको कलमबाट हुर्कदै विश्व भर फैलिदै गएकोले अब नेपाली साहित्य पनि फराकिलो हॅुदै गएको छ भन्नु गोधूलिको यो कार्यक्रमले नेपाली साहित्यको विकासमा टेवा पुगेको छ भन्नु भयो ।प्रकश समीरलो शुभकामना व्यक्त गर्नु भयो । सुधा बास्कोटा ढकालको सफल उद्घोषणमा भएको उक्त कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरुमा आर्त अकुलिन,बिनु बाबा घिमिरे,भिमकुमारी श्रेष्ट,गंगा गहतराज अभिलाषी,रस्मी रिमाल,,शुरेश घिमिरे,चन्द्रावती अधिकारी,टेक बहादुर लौडारी,यज्ञ सुवेदी,चुडा निर्भिक,सुमित्रा सुमी,आरती आरोही,घनश्याम पौडेल,लक्ष्मी प्रसाद मिश्र, यमुना प्रधानांग लगायत २४ जना स्रष्टाहरुले रचना वाचन गर्नु भएको थियो ।

अन्तमा सभापति गंगा लिगलले साहित्य उच्च सगरमाथा हो उच्च भावना र सोचले काव्य सिर्जना गर्नु पर्छ भन्नु हॅुदै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भई कार्यक्रम बिसर्जनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी…

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

प्रतिकृयाहरू
...