Saturday 17th October 2026

कुवेत संसारको दोश्रो खुशी हुने देश


जोन हप्किन्स युनिभर्सिटीका एप्लाइड इकोनोमिक्सका प्रोफेसर स्टिभ ह्यान्केले संकलन गरेको वार्षिक दुःख सूचाकाङ्क अनुसार स्विट्जरल्याण्डपछि कुवेत विश्वको दोस्रो खुसी देश बनेको छ ।

सूचाकांकमा बेरोजगार को अवस्था , मुद्रास्फीति, र बैंकका ऋण दरहरू, प्रति व्यक्तिको वास्तविक स्थिती, बार्षिक पर क्यापिटा ईनकम जस्ता कुराहरुलाई आधार बनाईएको छ र्।
सूचकाङ्कका अनुसार शीर्ष १० खुसी राष्ट्रहरूमा स्विजरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा रहेका छन् ।

राजा भए को देश खत्तम हुन्छ भन्ने नेपालको राजनैतिक बजारका विश्लेषणहरुलाई भने यो नतिजा ले नराम्ररी थप्पड हानेको छ । कुन शासन ले के हुन्छ भन्ने भन्दा पनि नेतृत्व र शासक जनता र देश प्रति कति ईमान्दार छ, कति चिन्तित छ र कति नैतिक छ भन्ने कुरा ले मुलुकको सम्बृद्धी र गरिबी देखाउने गर्दछ ।

यसैबीच शीर्ष १० दयनीय देशमा जिम्बावे, भेनेजुएला, सिरिया, लेबनान, सुडान, अर्जेन्टिना, यमन, युक्रेन, क्युवा, टर्की रहेका छन् । दयनिय अवस्थामा देखिएका कतिपय देशहरु विगतमा धनी राष्ट्रको सुचीमा आउथे तर त्यहाँ भडकिएको अशान्ति, गृहयुद्ध र बाह्ययुद्धका कारण त्यहाँका जनता दयनिय अवस्थामा देखाईएको छ । गरिबी अर्को कुरा हो । यहाँ खुशी र दयनिय अवस्थाका विषयमा अध्यायनले आफ्नो रिर्पोट पस्केको छ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...