Thursday 26th February 2026

भारतको पश्चिम बंगालमा पटाका कारखानामा विष्फोट हुँदा ९जनाको मृत्यु


पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् ।

पश्चिम बङ्गाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान थालेको छ । राजधानी कोलकाताबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ ।

सरकारी नीति– नियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा कारखानाका मालिकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ । यसअघि पनि निजविरुद्ध केही मुद्दा परेका थिए ।

घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई जनही रु दुई लाख ५० हजार र घाइतेलाई रु एक लाख क्षतिपूर्तिस्वरुप प्रदान गरिने घोषणा गरेकाी छन् ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...