Monday 29th December 2025

पेरूमा सुनखानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु


पेरुमा जमिनभन्दा १ सय मिटर तल रहेको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीका अनुसार उत्खनन गर्ने कम्पनी यानाक्विहुआले एक वक्तव्य जारी गर्दै शुक्रबार राति र शनिबार बिहानको बीचमा भएको यो दुर्घटनाबाट १७५ जना श्रमिकलाई सुरक्षित उद्धार गरेको जानकारी दिएको छ । वक्तव्यमा मारिने २७ जना एउटै ठेकेदारका लागि काम गर्ने उल्लेख छ ।

सरकारी अधिकारीहरूले घटनाको जाँच भइरहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार दक्षिण अमेरिकाको अरेक्विपा क्षेत्रमा रहेको सो खानीमा सर्ट सर्किटका कारण आगलागी भएको थियो । स्थानीय सरकारले खानीभन्दा सबैभन्दा नजिकको प्रहरी कार्यालाय पनि ९० मिनेट टाढा रहेको र नजिकको सहर पनि कयौँ किलोमिटर टाढा रहेको बताएको छ । यसै कारण आपत्कालीन उद्धार अभियानमा कठिनाइ भएको थियो ।

पेरु विश्वको सबैभन्दा धेरै सुन उत्पादक देशहरू मध्येमा पर्दछ । यहाँ हरेक वर्ष १ सय टनभन्दा बढी सुन उत्पादन हुन्छ । पेरुले वैश्विक सुन उत्पादनको ४ प्रतिशत हिस्सा ओगट्छ ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...