Monday 29th December 2025

सुडानमा दुइ सुरक्षा निकायबिच द्वन्द्व चर्किदा ५६ जनाको मृत्यु


सुडानमा दुई सुरक्षा निकायबीच द्वन्द्व चर्किँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने करिब ६ सय जना घाइते भएका छन् । सुडानको राजधानीमा घण्टौंसम्म भएको झडपमा परी अहिलेसम्म कम्तीमा पनि ५६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था गार्डियनले उल्लेख गरेको छ ।

मृत्यु हुनेमा १७ जना सैनिक रहेको सुडानको चिकित्सक संगठनले जनाएको छ ।

आरएसएफ र सेनाबीच भएको दोहोरो भीडन्तमा परी संयुक्त राष्ट्रसंघ र विश्व खाद्य संगठनका लागि काम गर्दै आएका ३ जनाको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

सन् २०२१ मा सैन्य कु भएपछि आर्मीले नै त्यहाँको राज्य सञ्चालन गर्दै आएको छ । सन् २०२१ अक्टुबर २५ मा सुडानी मिलिटरी जनरल अब्देल फत्ताह अल-बुरहानले सत्ता आफ्नो हातमा लिएपछि सुडानको राज्य सञ्चालन त्यहाँको सेनाले गर्दै आएको छ ।

सन् २०२१ मा सैन्य कु भएसँगै काउन्सिल अफ जनरलले राज्य सञ्चालन गर्दै आएको छ । सोही बिच राज्यकै अर्को सुरक्षा निकायको रुपमा रहेको आरएसएफ र सेनाबीच विवाद चल्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...