Sunday 31st May 2026

मनुष्यको क्षणिक घमण्ड : धनमत्त, मनमत्त र अनमत्त


नारायण घिमिरे ‘भावुक’ – मानव जाती आफैमा सामाजिक प्राणी हो, विवेकशिल प्राणी हो । व्यावहारिक नैतिकता देखाउन सक्ने मनुष्य मात्र वास्तविक विवेकशिल प्राणी हो । युगान्तरको तुलनामा बढ्दो आत्मियताको बेथितिले मनमा रवैयाका नीति नियम एकाएक बनेका छन् । मानव जातिका प्रकृति अनगिन्ती आकारप्रकारमा छन् । जहाँ धनमत्त, मनमत्त र अनमत्त मनुष्यको क्षणिक घमण्ड मनुष्य बजारमा व्याप्त छ । जीव जन्मपश्चात् मृत्यु अपरिहार्य छ । यस समयावधिलाई कसैले छोटो ठानेर हैरान छ भने कसैले अनन्त भएको ठानेर बजार डुङ्डुङ गन्ह्याएको छ ।

वास्तवमा पुर्ण सुख प्राप्तको अनुभव गरेका मनुष्यहरु यहाँ कमै भेटिन्छन् । तर आफू सन्तोष भइ सुखि महुशुस गरि परिस्थितिको दास बनी लथालिङ्ग मस्तिष्क जिवनलाई व्यवस्थित जीवन बनाइ खुसी हुनु नै सर्वोकृष्ट खुसि हो । संसारमा कोहि दरिद्र छन्, कोहि भोका छन्, कोहि नांगा, कोहि अपांग छन् । त्यसैमाथी प्रकृतिले वरदान स्वरुप कुन घडिमा कुन बज्रपात उपहार स्वरुप हामिलाई दान गर्छ हामी अनविज्ञ छौँ । कोहि यस्ता छन् जो भविष्यको ग्यारेन्टी गर्छन्, आफू सम्पन्नशाली ठान्छन् जो धनको महत्त्वको सिमा बुज्न सक्दैनन् । धनमत्त वास्तवमै क्षणिक घमण्ड हो- आखिर दुई हातमा सुत्ने, एक जोर वस्त्रालकांर गर्ने, दुई छाक खाने अन्तिममा हुने खरानी नै हो । तर यसलाई विश्लेषण गरि जस्ले जिन्दगी छोटो ठानेर घमण्ड गर्छ त्यो पनि क्षणिक घमण्ड हो । यहाँ आफन्ती प्रमाणित गर्न पनि धन चाहिन्छ, धन केहि होइन लिखित उपन्यास किन्न पैसा खर्चनुपर्छ । मानिसको औसत आयु केही घन्टा र वर्षको होइन, पौने शताब्दी एउटा लामो इतिहास हो । जहाँ आफुले जिउने जिवन शैलिको उत्तम प्रयोग नै जिवनको मुख्य विशेषण हो । धन सबैथोक हो तर सबैथोक धन होइन यद्यपि धनमत्त बाट मनमत्त र अनमत्त हुनु व्यर्थ छ ।

तर “जिउँदाको जन्ती मर्दाको मलामी” पनि धनी र गरिब बिचमा तुलनात्मक रुपमा फरक नै हुन्छ । बुज्नु आवश्यक यो हो कि धन सफल जिन्दगिको सहायक हो । धन सफल जिवनको अनिवार्य आवश्यकता हो जस्ले आफू प्रती अरुको दृष्टिकोणमा मत्ताउने किसिमको हुनु भएन । “ॠण” मात्रै नकारात्मक होइन, ॠण काडेर घ्यु खानु मात्रै नकारात्मक हो । जो उद्धमी अरबपती खरबपती छन् उनको लगानी प्रायः ऋण नै हो । ॠण लाग्नाले “माकुराले जालो हाल्यो भनेर माकुरालाई दोष थुपार्ने विवेक गुमेका मनुष्य पनि यहाँ नभएका होइनन् ।” धन हातको मैलो हो भन्दैमा हात मिच्दैमा प्राप्ती हुने मैला पनि धन होइन । धन त्यो हो जो आफ्नो मूल्य निर्धारणको लागि सहायक शीर्षक हो ।

रोडको मानिस करोड र करोडको मानिस रोडमा जान कुनै आइतबार लाग्दैन् । भाग्यमा भन्दा कर्ममा विश्वास गरि आफ्नो कर्मको प्रतिफल अनुरुप धनले मानिस धनी बन्ने हो । तर धनको धनी भन्दा मनको धनी कैयौं गुणा शक्तिशाली र टिकाउ हुन्छ । तर धनको गरिबी मान्छे मनको धनी बन्दैमा क्षमतावान व्यक्ती चाहिँ हुन सक्दैन । यद्यपि धनमत्त नहुनु तर धनी हुनु नै मानिसको लागि योग्य कुरा हो । धनको विलासिताको प्रयोगले आफ्ना तल्लो पुस्ताले मिहिनेत र परिश्रम अनि धनको महत्त्व चिन्न गाह्रो पर्ने मात्रै होइन अभिभावक प्रती निर्वाह गर्नुपर्ने भुमिका नै गौण हुन जानसक्ने उदाहरणहरु भेटिन्छन् । त्यतिमात्रै होइन, विलासिताको प्रयोग गर्ने समयमा अथक मिहिनेत र प्रयास गरि धनको भण्डार गर्ने अन्ततः बुढेसकालमा धनको विलासिताको महत्त्व नहुने पनि हुन्छ । कुरा जसरी घुमाएपनी धनी बन्नु तर धनमत्त, मनमत्त र अनमत्त नहुनु ।

मध्य वर्गिय र न्यून वर्गिय पारिवारिक सदस्यका मध्यम स्मरण शक्ति वा तिक्ष्ण अध्ययन क्षमताका विद्यार्थीहरुको माध्यमिक स्तर भन्दा उपल्लो योग्यताको यात्रामा उस्तै दु:खद अवस्था धनले निम्त्याउन्छ । पढ्न छाड्नु कसरी छाड्नु अध्यनको निरन्तर सफलता, पढ्नु मात्रै कसरी पढ्नु, पढाइ र रोजगार दुबै कसरी ? त्यसैमाथी नेपालको बिग्रेको शिक्षा घटनाक्रमले विशेष गरि स्नातक तहका मध्यम वर्गिय पारिवारिक विद्यार्थी काचो पिँडालु थुक्नु कि निल्नु यहीँ धन र अध्यनले गराएको हुन्छ ।

“धनी हुनु तर धनमत्त, मनमत्त र अनमत्त नहुनु ।” धन सबैथोक होइन् तर सबैथोक धन हो । सन्तुष्टि महुशुस हो, जसलाई खुसी भइ महुशुस गर्नु नै सुखी हुनु हो । बज्रपात र भर्र्याङ्का खुड्किलाको गहिराइमा तपाई एक्लै तड्पिनु भएको होइन, यहाँ तमाम मनुष्य जिन्दगीको परिभाषामा भौतारिरहेका छन् । धन भनेको रतन्धो लागेको प्रकृति हो जो परिस्थिति परिमार्जनमा मेरुदण्ड सावित हुन्छ, तर धन अन्धो पनि भएकाले सबैथोक होइन । यहाँ करोडौंको नैतिकता, मानवियता, धर्म र विवेक निशुल्क वरिपरिको सामाजिकिकरणका गल्लिमा प्राप्त हुन्छ । अमुल्य धन मुल्यवान धन भन्दा शक्तिशाली हुन्छ जस्तो एक बफादार मित्र हजारौं आफन्ती भन्दा महत्त्वपूर्ण हुनसक्छ ।


सम्बन्धित शीर्षकहरु

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा समता शुल्क नामक नयाँ कर लागू गरेको छ, जसअनुसार निजी तथा आवासीय शिक्षण…

सरकारले भाडामा प्रयोग हुने सवारी साधनहरूको वार्षिक आयकर दर उल्लेख्य रूपमा बढाएको छ। साना देखि ठूला तथा विद्युतीय सवारीसम्म करमा…

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

प्रतिकृयाहरू
...