Monday 23rd March 2026

अमेरिकाको मिसिपिसी राज्यमा आँधीका कारण २६ जनाको मृत्यु, दर्जनाै घाइते


अमेरिकाको मिसिसिपी र अलाबामामा आएको आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनाै घाइते भएका छन् । मिसिसिपी राज्य सरकारले आपतकालिन अवस्था घोषणा गरेको छ।

आँधी प्रभावित मानिसको उद्धारका लागि अहिले पश्चिम मिसिसिपीमा ठूलो संख्यामा उद्धारकर्मी खटाउनुका साथै एम्बुलेन्सहरूको प्रयोग गरिएको छ । स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्नसक्ने आकलन गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मिसिसिपीस्थित सिल्भर सिटी र रोलिङ फोर्कका ग्रामीण सहरहरूमा आँधी ११३ किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा आएको छ । आँधीका कारण घरहरू कुचिएका कारहरू, काठ, इँटाहरू र गिलासहरू सडकमा फोहोरको डंगुर जस्ता देखिएका छन् भने शहर लगभग पूरै मेटिएको छ। सिंगो शहर नै भगनावशेषमा परिणत भएको छ भने पार्क, खेतबारी केहि पनि बाँकी रहेको छैन ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...