Monday 23rd March 2026

पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा १२ जनाको मृत्यु


मङ्गलबार साँझ पाकिस्तान र अफगानिस्तानमा गएको ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पले कम्तीमा १२ जनाको ज्यान गएको छ भने दर्जनाै मानिसहरू घाइते भएका छन् ।

संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण एजेन्सीले भूकम्पको केन्द्रविन्दु उत्तर पूर्वी अफगानिस्तानको जुर्म नजिक रहेको र यसको गहिराइ १८७ किलोमिटर रहेको बताएको छ । पाकिस्तानको उत्तर-पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकामा भूकम्प जाँदा धेरै परिवारहरू पर्शियन नयाँ वर्ष वा नोर्उज मनाउन घरबाहिर थिए।

भूकम्पका कारण पहाडी क्षेत्रमा पहिरो गएपछि यातायात अवरुद्ध भएको छ । स्थानीय समय अनुसार मंगलबार साँझ भूकम्प गएकोले एकिन तथ्य नअाइसके पनि दुर्गम क्षेत्रमा राहत उद्दारमा कठिनाइ र ढिलाइ हुने भएको छ ।

भारत, उजबेकिस्तान, ताजिकिस्तान, काजाकिस्तान, किर्गिजस्तान, अफगानिस्तान र तुर्कमेनिस्तानसम्म फैलिएको १,००० किलोमिटर क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्य क्षेत्रीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।

गत वर्ष जुनमा अफगानिस्तानको पक्तिका प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएपछि १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जुन झण्डै एक चौथाई शताब्दीमा देशको सबैभन्दा घातक मानिएको थियो।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...