Wednesday 25th February 2026

इक्वेडरमा शक्तिशाली भूकम्प, दर्जनाै मानिसहरू हताहत


दक्षिण अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

शनिबार दिउँसो दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भौतिक संरचनामा व्यापक रूपमा क्षति पुगेकाले भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बालाओ सहर नजिकै भूकम्पको केन्द्रबिन्दु रहेको र भूकम्प जमिनको सतह भन्दा १० किलोमिटर तल रहेको जनाइएको छ । भूकम्पले सडक भत्किएका कारण सवारी साधन रोकिएका छन् भने घरहरूमा क्षति पुगेको छ । पराकम्प आइरहेकोले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्न पनि अप्ठेरो भएको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...