Friday 13th March 2026

कुवेतमा शहिद लखन थापामगर गोल्ड कप १२ मे २०२३ मा आयोजना हुँदै


जय आले- नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा कुवेतमा सन् २०१४ देखी सञ्चालन गरिएको शहिद लखन थापामगर रनिङ् शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्टको तेश्रो संस्करण आगामी १२ मे २०२३ का दिन सम्पन्न गरिने आयोजक नेपाल मगर सँघ शाखा कुवेतले जनाएको छ।
कुवेतको नेपाली समुदायमा सन् २०१२ देखी कृयाशिल रहँदै आएको मगर सँघ कुवेतले लखन थापामगर गोल्ड कपको स्थापना गरि ०७ फेब्रुअरी २०१४ मा पहिलो संस्करण सम्पन्न गरेको थियो। जसमा S.D.F.C टिम बिजेता र आयोजक मगर सँघ कुवेत उपबिजेता बनेका थिए भने १३ मार्च २०१५ मा आयोजना गरिएको दोश्रो संस्करणमा अल्घानिम सेक्युरिटी टिम बिजेता र नेवा गुठी उपबिजेता बनेका थिए।
यद्धपी, गोल्ड कपको दोश्रो संस्करण पश्चात विविध प्राविधिक कारण्हरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको गोल्ड कपलाई मगर सँघ कुवेतले ७ बर्ष लामो बिश्राम पश्चात पुन. निरन्तरता दिने भएको हो।
गत ०३ मार्च २०२३ शुक्रबारका दिन, कुवेतको फर्वानियास्थित गार्डेनमा अध्यक्ष बसन्त थापा मगरको अध्यक्षतामा बसेको १३१औं नियमित बैठकले शहिद लखन थापामगर गोल्ड कपलाई पुन सञ्चालनमा ल्याउने निर्णय गर्दै, कुवेतस्थित सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई यस टुर्नामेण्टमा सहभागी हुन आव्हान गरेको छ भने उक्त दिन कुनै पनि नेपाली सँघ संस्थाहरुले अन्य कार्यक्रमको आयोजना नगरिदिनु हुन र जसलाई एउटा सौहार्दपूर्ण बातावरणमा सम्पन्न पार्न सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग तथा सल्लाह, सुझाव दिनको लागि अनुरोध समेत गरेको छ।
कुवेतको कुनै एउटा सुविधा सम्पन्न स्टेडियममा आयोजना गरिने टुर्नामेण्टको लागि खेल मैदानको खोजी भई रहेको र तय हुन साथ पुन सूचित गरिने पनि मगर सँघ कुवेतले जानकारी दिएको छ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...