Wednesday 28th October 2026

कोलम्बियामा भूकम्पपछिको मृत्यु संख्या २५० नाघ्यो


पश्चिमी कोलम्बियामा आएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या २५० भन्दा बढी पुगेको छ। १,३०० भन्दा बढी घाइते भएका छन् भने हजारौं मानिस अझै बेपत्ता रहेको आशंका गरिएको छ। स्थानीय अधिकारीहरूले भग्नावशेष हटाउने काम जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन्।

गत अगस्ट १० मा आएको भूकम्पको केन्द्रबिन्दु चोको (Chocó) क्षेत्रको सान होसे डेल पाल्मार नजिक रहेको थियो। भूकम्पले घर, भवन, सडक तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ।

काली (Cali) सहर सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ दर्जनौं भवन भत्किएका छन् र ठूलो जनधनको क्षति भएको छ। परेरा, क्विब्डो र मानिजालेस सहरहरूमा पनि मानवीय तथा भौतिक क्षति भएको छ।

कोलम्बिया सरकारले राष्ट्रिय विपद् घोषणा गर्दै उद्धार, राहत र पुनर्स्थापना कार्यलाई तीव्र बनाएको छ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...