Monday 29th June 2026

पाँच वर्षमा कति ओटा सरकार बन्न सक्ने देखिन्छ नेपालमा?


तीतोपाटी-

१. एमाले र माओवादीले बनाएको हालको सरकार।

२. नेपाली कङ्ग्रेस र माओवादी लगायतको सरकार ।

३. एमाले र नेपाली कङ्ग्रेसको सरकार ।

४. नेपाली कङ्ग्रेसले नेतृत्व गर्ने सम्पूर्ण साना पार्टीहरु जसले गैर वामपन्थी राजनीति गरिरहेका छन् , बाट बन्न सक्ने सरकार । जसमा राप्रपा देखि रेशम चौधरीको पार्टी सम्म  सामेल हुन सक्छन् ।

५. के नेपालीहरुलाई समृद्धिको प्रतीक यिनै सरकारहरू हुन त? यो काम बाहेक अरु केही छैननेपालमा हुनु पर्ने र गर्नु पर्ने राजनीति ? के यो राजनीति हो ? बिल्कुल होइन, यो ठग नीति हो। नेपालीजनतामाथी गरिएको बेइमानी, ढोकाधढी, राज्यको साधन स्रोत माथिको नाङ्गो लुट मच्चाउने दाउपेचमात्र हो । यो अपराध तंत्र हो । यो प्रकारको हर्कत गर्ने गराउने दुवै अपराधीहरु हुन ।

६. नेपालका यस्ता ठूला अपराधीहरुलाई जेल, नेल र फासी दिने सरकार चाहिएको छ खासमा। त्योसरकार कहिले बन्ला र आफ्नो काम सुरु गरी, नेपाल विकाशको बाटोमा अगाडि लम्कन सुरु गर्लाखोइ ?

अस्तु।

ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

भारतको Himachal Pradesh मा करिब तीन लाख रैथाने नेपालीभाषी समुदायको बसोबास रहेको विभिन्न गोर्खा संस्थाहरूको दाबी छ। नेपालीभाषीहरूको सबैभन्दा बढी…

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

प्रतिकृयाहरू
...