Thursday 13th August 2026

पल शाहलाई कारागारभित्रै जन्मदिन मनाउन अनुमति, पूजा शर्मा र शोभित बस्नेत भेट्न पुगे


अभिनेता पूर्णविक्रम (पल) शाह बुधबार ३३ वर्ष पुगेका छन् । जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । शाहले तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउँदैछन् । कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ ।

पलले एउटा केक अर्डर गरेको र प्रशासनले जन्मदिन मनाउन अनुमति दिएको निमित्त कारागार प्रशासक नारायणप्रसाद अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँले आफन्त र साथीभाइको उपस्थितिमा जन्मदिन मनाउन एउटा केक अर्डर गर्नुभएको थियो । हामीले अनुमति दिएका छौं,’ उनले भने ।पललाई जन्मदिनको शुभकामना दिन अभिनेत्री पूजा शर्मा, निर्देशक शोभित बस्नेत र संगीतकार योगेशकाजी पनि कारागारमै पुगेका छन् । यी तीनै जना पलनिकट फिल्मकर्मी मानिन्छन् । निमित्त कारागार प्रशासक अधिकारीका अनुसार पूजा र शोभितले केक लिएर पललाई भेट्न पुगेका थिए । पूजाले लिएर गएको केकमा पल र उनको तस्वीर पोतिएको छ । ११ बजे त्यहाँ पुगेका उनीहरुले पलसँग कारागारभित्र झण्डै २० मिनेट बिताए । पलकी ठूलीआमा नाता पर्ने व्यक्ति पनि कारागार पुगेकी थिइन् ।पललाई तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिइसकेको छ । उनी यतिबेला नवलपुर जिल्ला अदालतले बालयौन दुव्र्यवहारको मुद्दामा सुनाएको साढे दुई वर्ष जेल सजाय काटिरहेका छन् । नवलपुर अदालतको फैसललाई चुनौती दिंदै पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । जसको सुनुवाइ फागुन १४ गते हुने पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

पल शाहको जन्मदिनका लागि अभिनेत्री पूजा शर्माले लिएर गएको केक । तस्वीर : पूजा शर्माको फेसबुकबाट

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं, २७ साउन २०८३ — जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको…

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी…

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

प्रतिकृयाहरू
...