Sunday 21st December 2025

मार्च १७ मा चितवन सेवा समाज कुवेतले अधिबेशन गर्ने


तितोपाटी – चितवन सेवा समाज कुवेतले मार्च १७ मा संस्थाको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन गर्ने भएको छ। “अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन” भन्ने मूल मन्त्रलाई आत्मा साथ् गर्दै अघि बढेको चितवन समाजले अधिबेशन गर्ने निर्णय गरेको जिबन बिकले जानकारी गराएका छन  ।

चितवन सेवा समाज कुवेतले दिन दुखि असहाय पडितिलाई सहयोग गर्दै आईरहेकाे छ भने, समाज सेवाले गर्दा गरिब वा असक्त व्यक्तिहरुको आवश्यक्ता पूरा हुन्छ। यसले गर्दा समाज र देशको विकास पनि हुन्छ। समाज सेवाले गर्दा केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरूलाई बास, गास र कपासको व्यवस्था हुन्छ भन्ने समाजले मान्यता राखेको छ।

अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन नाराकाे साथकाे चितवन सेवा समाज कुवेतले निम्न मिति, स्थान र समयमा छैठौं वार्षिकोत्सव, तथा तेस्रो अधिवेशन गर्ने लागेकाे हुनाले उक्त दिन कुनै पनि कार्यक्रम नजुदाई दिनुहुन चितवन सेवा समाज कुवेत अनुरोध गर्दछ ।

कार्यक्रम हुने मिति स्थान समय

मिति- १७ मार्च २०२३,शुक्रवार
स्थान – शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया कुवेत।
समय- दिनको ११:०० बजे।

 


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...