Saturday 20th April 2024

मानव तस्करको जालोबाट उम्किन पनी घरेलु कामदारलाई युद्ध जिते जस्तो


बसन्त थापा, कुवेत

तीतोपाटी- कुवेतमा घरेलु कामदार पठाउन लामो समय देखी सरकारले रोक लगाए पनि तस्करमार्फत घरेलु कामदार महिलाहरुको तस्करी बढिरहेको छ । मानव तस्करद्वारा कुवेत आएका नेपाली घरेलु कामदारहरुले विविध समस्या भोग्दै आएको देख्न सकीन्छ अझ भने जस्तो काम नहुदा घर फर्किन्छु भन्नु र घर फर्किन पाए भने पनी ठुलै युद्ध जीते जस्तो कामदारले ठुलो राहत पाएको महसुस गर्न सकिन्छ । पछील्लो समय कुवेतमा बढ़दो मानब बेचबिखनकका कारण बेचिनेका आफ़न्त संगै यहाँको नेपाली समाजमाथि थप समस्या थपिएको छ। कुरा आज भन्दा झण्डै ९ महीना अगाड़िको हो, झण्डै ७ महिने नेपाल बसाई पछी म नेपालबाट कुवेत आउदै थिए कुवेत आउने क्रममा दुई घण्टा जती दुबईको सारजाहमा रोकिनु परेको थियो । सोही समयमा मैले तीन जना नेपाली दिदीबहिनीहरुलाई भेटे उनीहरु पनि कुवेत आउनको लागी उडानको प्रतिक्षा गरीरहेका रहेछन। मेरो नजीक उनी तीनै जना बसिरहेको देखे र मैले पनि बोलाएर सोधीहाले दिदी कता हिढ्नु भएको भनेर? उनीहरुले निकै भावुक शैलीमा कुवेत जान लागेको भनेर भने। सायद म आफु पनि कुवेत लामो समय बेसको भएर होला र ती महिलाहरुको भावभंगिमा एकदम कता कता डराए जस्तो थियो । सोही कुरालाई मनन गर्दै मलाई केही कुराहरु सोध्न मन लाग्यो र मैले सोधे पनि। मेरो प्रश्न संगै उनीहरुको जवाब यस्तो थियो। ती नेपाली महिलालाई झण्डै १५ दिन भन्दा धेरै दुबईमा राखिएको रहेछ र १५ दिनको दुबई बसाई पछी उनीहरुलाई कुवेतमा ल्याउन लागिएको रहेछ। मानव ओसार पसार कार्यको लागी दुबईमा पनी तस्कहरू रहेको र आफू पनि उनीहरुको पासोंमा परेको भन्दै नीकै भावुक भएर बोलीरहेका ती महिलाहरुले दुबई हुदै कुवेत लगायत अन्य खाड़ी मूलुकमा त्यसरी नै पठाउने गरेको आफुहरुले देखेको बताए। उनीहरुले थपे दाई कुवेतमा कस्तो होला काम? हामीलाई के कति सहज हुने होला काम गर्न भन्दै मलाई प्रश्न गरे उनीहरुको प्रश्नको जवाब दिनुपुर्व मैले थाहा पाइसके यी चेलीहरुलाई पनि मानब तस्करहरूले फसाएको हो भन्ने ।
तर मैले चाहेर पनि उनीहरुलाई यहाँको बारेमा सत्यतथ्य भन्न सकिन किनकी जे नहुनु थियो त्यो त भइ सक्यो मैले मात्र सबै ठिक हुन्छ धैर्य भएर काम गर्नुहोला । घरमा काम गर्दै गर्दा यहाँका नियम र कानुन त हामी आप्रवासीले अपनाउनु पर्ने नियमका बारेमा मैले जानेका कुराहरुको जानकारी गराए। दुबईदेखि कुवेतसम्मको यात्रा संगै रहे पनि कुवेतको विमानस्थलबाट हामी छुट्टियाै । विमानस्थलको बाहरी गेट आइपुग्दा सम्म सोचीरहे घरेलु कामदारमा यसरी दिनकै आउने कती धेरै होलान र ती धेरै मध्यमा पनी कती जनाको भविष्य अन्धकारमय होला?
यसरी अर्काको चेलीबेटी नबेच भन्छु म कुवेत लगायत अन्य देशमा अवस्थित मानव बेचबिखनमा आवद्ध सबैलाई।
कहिलेसम्म ती निर्दोष चेलीबेटीहरु यसरी बेचिनू पर्ने हो झन दिन प्रतिदिन स्थिति भयावह हुदै गएको छ। नेपाल सरकारले घरेलू कामदारको रूपमा कुवेत पठाउन बन्द गरेको झण्डै एक दशक हुन लाग्यो तर मानब तस्करहरुले तेस्रो मुलुक हुदै कुवेतमा घरेलु कामदार ओसारपसार गर्न भने छोड़ेका छैनन। भारत र श्रीलंका लगायतका तेश्रो मुलुक पुर्याएर खाडी ल्याउने क्रम केहि घटे पनि युएइको भिजिट भिसामार्फत खाडीमुलुक पठाउने गिरोह नेपालमा झन झ्यांगिएर गएको छ । त्यसो त यस्ता अपराधिक कृयाकलाप रोक्न नेपालमा पनि विभिन्न युनिट देखि अनेकौं एनजिओ,आइएनजिओ छरपष्ट देखिएका छन तर, पछील्लो समयमा चेलीबेटी बेचिने क्रम झनै बढेर गएको देखिन्छ। दिनैपिच्छे कुवेतमा घरेलू कामदार माथिको ज़्यादाती सामाजिक संजालमा हामीले देखीरहेका हुन्छौ। केही व्यक्तिद्वारा यही कुवेतमा रहेर महिला बीचबिखन तथा ओसार पसार कार्य गरेको पनी हामीले सुनीरहेका छौ । यो सब थाहा हुदा हुदै पनि हामीले त्यस्ता मानब तस्करहरूलाई कानूनी कठघरामा ल्याउनु पर्नेमा कुवेतको नेपाली समाजका अगुवाहरूसमेत माैन बसी त्यस्ता तस्करहरूलाइ प्रश्रय दिएको देख्दा अचम्म लागेर आउन्छ। के कति चेलीबेटी कुवेतमा बेचिएका छन भन्ने तथ्याङ्क यकीन नभएपनि अनुमानको आधारमान्दा कुवेतमा मानव बेचबिखनको स्थिति भयावह छ।

नेपालमा मानव बेचबिखन तथा सम्बन्धित निकाय सक्रिय नदेखिएपछी उक्त बेचबिखनको गिरोह झनै सकृय भएका कारण न्यूनिकरण हुन नसकेको पाइन्छ । समस्यामा परेका केही घरेलुकामदार महिलाहरुको अवस्था बाहिरीएपछी उद्धार भएको भए पनि कैयन त्यस्ता पीडितहरू होलान जसले घरभित्रको यातना सहेर बसीरहेका छन होला । ती ओझेल परेर बसेका घरेलुकामदारको पनि समयमै उद्धार होस भन्न चाहान्छु। उद्धार मात्र होइन यहाँ आइसके पछी कति धेरै त सम्पर्कविहिन हुने गर्दछन। घरपरिवार तथा आफ़न्तले आफ्नो मान्छे कुवेतमा हराएको भनेर निबेदन नदिएको जिल्ला कमै होलान् ।आफ्नै नेपालीमाथी यती सम्म पनि अत्याचार नगरौ भन्छु। र जबरजस्ती श्रमका लागि हुने मानिसको अवैध व्यापार नै मानव बेचबिखन हो त्यस कारण यस विषयलाइ हामी सबैले विषेश ध्यान दिन जरुरी छ।अहिले पनि कुवेतको सरकारी निकायका अनुसार झण्डै १७ हजारभन्दा बढी नेपाली महिला घरेलु कामदार कुवेतमा कार्यरत छन् । हाल कुवेत आउने प्राय: सबै घरेलु कामदार यूएई र अन्य ठाउ हुदै यहाँ सम्म आइपुग्ने गरेका छन।

कसरी घरेलुकामदारको तस्कर भइरहेको छ?
मानव बेचबिखनको लागी खाड़ीका प्राय देशहरुमा एउटा ग्रिरोह नै तैनाथ छ र त्यो ग्रिरोहले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी झुक्याई, जालसाज,प्रपञ्च मिलाई जबरजस्ती , करकापमा पार्ने गरेको छ।यस समस्यालाई समयमै निर्मुल पार्न अति जरूरी छ। वैदेशिक रोजगारीको नाममा हुने मानव तस्करको यस कार्यलाइ समय छंदै नियन्त्रण पार्न सकिएन भने स्थिति अझै भयावह भएर जाने निस्चित छ ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...