Wednesday 2nd July 2025

टर्की भूकम्पमा मर्नेको संख्या १७ हजार नाघ्यो


सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या १७ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टर्कीमा मर्नेहरूको संख्या १४०१४ नाघेको छ भने सिरियामा ३१६२ नाघेको छ । अहिले पनि उद्धार र खोजी कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार पुग्न सक्ने जनाएको छ ।

टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् । पराकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनहरूमा नबस्न आग्रह गरिएको छ । विमानस्थलका टर्मिनलमा समेत भूकम्पपीडितहरूले आश्रय लिइरहेका छन् । अहिले बाँचेकाहरूका लागि डर पनि बढिरहेको छ, किनकि सहायता एजेन्सीहरूले चेतावनी दिएका छन् कि नयाँ हिमपात, साथै पानी, सञ्चार र शक्तिको अभावले घातक “द्वितीय प्रकोप” निम्त्याउन सक्छ।

गार्डियनका अनुसार भूकम्पमा ५ हजार ७ सयभन्दा बढी भवन भत्किएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार करिब १४ लाख बालबालिका प्रभावित हुने भएका छन् । १७.९ किमि गहिराइसम्म पुगेको भूकम्पको धक्का सिरिया र लेबनानसम्म पुगेको छ । अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्रमा असर पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो…

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत…

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

प्रतिकृयाहरू
...