Tuesday 21st March 2023

तमू समाज कुवेतको पहलमा उपचारत दुई जान चेलीलाई रगत उपलब्ध


तमू समाज कुवेतले कुवेतका फरक फरक अस्पतालमा उपचाररत दुइ जना नेपाली चेलीहरूलाइ अप्रेसन गर्न अावश्यक रगत उपलब्ध गराएको छ । रगत अभाव भएर अप्रेसन गर्न असहज भएपछि पीडितका अाफन्तले तमू समाज कुवेतसँग रगत उपलब्ध गराउन सहजीकरण गरिदिन सहयोग मागेका थिए ।

“रगतदान जीबनदान” मुटुको बिरामी भएर अदान हस्पिटलमा उपचारत गराई रहनु भएकी चेली अन्जान लिम्बु र सबाह मेटर्निटी हस्पिटलमा उपचारत गराई रहनु भएकी निर्मला गुरुङलाई उपचारको क्रममा शल्यक्रिया गर्नुपर्ने अवस्था आएको र डाक्टरद्वारा तुरुन्तै (ब्लड) उपलब्ध गराउन पर्ने सुझाब भएकोले बिरामीहरुको आफन्तजनबाट तमू समाजका पूर्व अध्यक्ष तथा वरिष्ट सल्लाहकार समाजसेवी खोप गुरुङलाई जानकारी गराउनु भएकोले बिरामीहरुको अवस्था बुझि सेन्टर ब्लड बैंक कुवेतसँग समन्वय गरि तुरुन्तै माग भए बमोजिमको रगत उपलब्ध गराइएको थियो। उपलब्ध रगत पस्चात उहाँहरु दुबै जनाको शल्यक्रिया सफल भई हाल उहाँहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको निज गुरुङले जानकारी दिनु भएको छ।

वास्तवमा ‘रक्त दान जीवन दान’ नै हो । यस भन्दा पहिले पनि तमू समाजको पहलमा (१९) जाना भन्दा बढी बिरामीलाई ब्लड उपलब्ध गराई उपचारमा सहयोग पु-याउन सफल भएको छ । हामी परदेशको भुमिमा कसैलाइ पनि रगत उपलब्ध गराउन पर्ने स्थिती नआओस भन्ने कामना गर्दछौ तर यदि कसैलाई भैपरी आई रगतको आवस्यकता परेमा तमू समाज कुवेतका सदस्यहरुलाई सम्पर्क गर्नु सक्नु हुने जानकारी गराउदछौ ।

कामना गरौ, उपचारत दुबै जना चेलीहरुलाई यथाशिग्र स्वास्थ्यलाभ मिली आ-आफ्नो कर्मक्षेत्रमा फर्कन सकुन ।


सम्बन्धित शीर्षकहरु

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा…

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार दिउँसो दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा…

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय…

प्रतिकृयाहरू
...