Monday 27th January 2025

कुवेतमा भव्यताको साथ मनाइयो २८५९ औं सोनाम ल्होछार


४ फेब्रुअरी,कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा हिजो मिती ३ फेब्रुअरी शुक्र्बारको दिन कुवेतको जिलिव्स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ ।

ॐ माने पेमे होमको मुटु छुने धुनमा लामा गुरुहरुबाट बुद्ध धर्म सम्बन्धी पाठ पूजाआर्चना गरी शुरुवात गरेको कार्यक्रम नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारायण घलान तामाङको सभापतित्व एवं प्रमुख अतिथी नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारी तथा अन्य अतिथीहरूमा कुबेतमा आबद्ध विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र पत्रकारहरुको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको बिधीवत उद्घाटन गरेका थिए। । संस्थाका सदस्य कलाकार तृष्णा तमाङले स्वागत मन्तव्यद्धारा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने संस्थाका सल्लाहकार केशर घलान तामाङ र कार्यक्रम संयोजक नेपाल तामाङ संस्कृति घेदुङ कुवेतका अध्यक्ष हिमाल लामाले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए।

प्रमुख अतिथी दुर्गाप्रसाद भण्डारीले सोनाम ल्होछार तामाङ समुदायको मात्रै नभएर सिंगो नेपालीको राष्ट्रिय पर्व भएको र यस पर्वले राष्ट्रिय एकता र सद्भावको सन्देश दिएको भन्दै प्रवासको भूमिमा रहेर पनि आफ्नो संस्कृतिको जगेर्ना गर्न निरन्तर लागि परेकोमा आयोजकलाई बधाइ तथा शुभकमना दिएका थिए। यसरी नै शुभकामना दिनेहरुमा एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रणध्वज लामा,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, गैरआवासीय नेपाली संघ, आइसीसी सदस्य- हरि लावती/माधब पौडेल, पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष राज मल्ल, नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष चन्द्र तमाङ, नेपाली समाज कुवेतका ध्रुब कुमार सङ्ग्रौला लगयतले ल्होछारको शुभकामना मन्तव्य दिएका थिए।

आफनो भेष-भुषा‍‍मा अति नै आकर्षक रूपमा सजिएका आफ्नो तमाङ पहिचान र मौलिकता झल्काउने खालका सेलो नृत्य,डाम्फु नृत्य, म्हेन्दो माया नृत्य, युगल तथा सामुहिक नृत्य गरी झनै ल्होछारलाई सुगन्ध भर्ने काम नेपाल तामाङ घेदुङ कुवेत सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो भने नेपालबाट आमन्त्रित चर्चित गायक तथा संगितकार आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा विदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक विश्व दोङ तामाङले आफनो नयाँ पुराना दर्जन भन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई भरपुर मनोरञ्जन प्रदान गराएका थिए।

अन्त्यमा नेपालबाट आमन्त्रित कलाकार विश्व दोङलाई प्रमुख अतिथी हातबाट मायाको चिनो सरुप सम्मान पत्रबाट विशेष सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष नारायण घलानले सोनाम ल्होछार कायर्क्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले सहयोग गर्ने विभिन्न संघ-संस्थाहरु, संघ-संस्थाका प्रतिनिधीहरु, विशिष्ट व्यक्तित्वहरु, नेपालबाट आमन्त्रित कलाकार, पत्रकार लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कायरो: उत्तरी गाजाका प्यालेस्टिनीहरूले बिहीबार विस्थापित परिवारहरूका लागि पाल शिविरहरू तयार पारे, जुन यहूदी संस्था र हमासबीच भएको युद्धविराम सम्झौताको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले तेहरान विरुद्ध सैन्य हमला नगरीकनै इरानी आणविक संकट समाधान हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले…

सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।। धेरै कुरा सोचेर नयाँ योजना बनाउनु…

प्रतिकृयाहरू
...