तितोपाटी- छ महीना भन्दा बढ़ी कुवेत बाहिर रहेका आप्रवासीहरुले यही जनवरी ३१ सम्ममा कुवेत आइपुग्नु पर्नेजनाएको छ।
रेसिडेन्सी अफेयर्स सेक्टरले यही फेब्रुअरी १ गतेदेखि सुरु हुने छ महिना भन्दा बढी देश बाहिररहेकाहरूको बसोबासको इलेक्ट्रोनिक रद्दीकरण सुरु गर्ने बताएको छ।
त्यस्तै, धारा १७ (सरकारी क्षेत्र), धारा १९ (निजी क्षेत्रका साझेदार) अन्तर्गतका सबै प्रवासी, धारा २२(आश्रित), धारा २३ (अध्ययन) र धारा २४ स्वप्रायोजक र धारा १८ (निजी क्षेत्रको रोजगारदाताहरुकोलागी उक्त नियम लागु हुने भएको छ।
सरकारले छ महिनाभन्दा बढी विदेशमा रहेका आप्रवासीहरुको निवास स्वतः खारेज हुने बताएको छ।उक्त नियमहरू अगस्ट १/२०२२ बाट जारी गरिएको थियो र जनवरी ३१/२३ मा समाप्त हुने भएकोले जोकोही पनी यस श्रेणी अन्तर्गतका प्रवासीहरू कुवेत बाहिर बसोबास गरेको भए जनवरी ३१/२०२३ अघि कुवेत फर्कि सक्नु पर्ने छ।