Friday 26th April 2024

NRNA-NCC कुवेतद्वारा आयोजित फुटबलको उपाधी पुर्वेली टाईगरलाई


NRNA-NCC कुवेतद्वारा आयोजित फुटबलको उपाधी पुर्वेली टाईगरले हात पारेको छ कुवेतको फाहाहिलस्थित फुटबल मैदानमा हिजो २३ डिसेम्बर २०२२ का दिन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको खेलमा समयाभाबले गर्दा फाइनल खेल पेलान्टी सुटको अाधारमा तय गरिएको थियो । पेलान्टी सुटमा ईलेभेन स्टारलाइ पराजित गर्दै पुर्वेली टाईगर उपाधी हात पारेको हो ।

शिरमा राखेर देश खेलकुदबाट सन्देश” भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतको आयोजनामा अल मुल्ला एक्स्चेन्ज (Al Mulla Exchange) को मुख्य प्रायोजन, इमिस्क्यायर कन्सल्टेन्ट (Immisquare Consultant) र मनकामना एयर कार्गो कम्पनीको सह-प्रायोजन गरिएको थियो ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद २०१ केडी, कप, प्रमाणपत्र र मेडल; दोश्रो पुरस्कार नगद १०१ केडी, कप, प्रमाणपत्र र मेडल साथै उत्कृष्ट टिम,उत्कृष्ट खेलाडीहरु र उत्कृष्ट गोलकिपरलाइ पनि पुरस्कृत सहित मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो ।

मोस्ट भ्यालुएबल प्लेयर अफ द टुर्नामेन्ट – सरोज कार्की (पुर्वेली. टाइगर एफसी)
हाई स्कोरर- निरज खतिवडा (एफसी फरवानिया)
उत्कृष्ट डिफेन्डर – शिवकुमार लिङ्देन (इलेभेन स्टार एफसी)
बेस्ट मिड-फिल्डर- राजीव राय (पुर्वेली.टाइगर एफसी)
उत्कृष्ट फरवार्ड – कालिका गुराउ (इलेभेन स्टार एफसी)
बेस्ट गोल केपर – अविजित आले मगर (पुर्वेली.टाइगर एफसी)

खेललाई आकर्षित बनाउन ३५ उमेर काटेका पुराना तथा अनुभवी खेलाडीहरुको २ टिम बनाई खेलाईएको थियो जसमा टिम क्याप्टेनहरु एक टिममा रण ध्वज लामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष र अर्को टिममा नेपाली राजदुतावास कुवेतको टिम रहेका थिए । नेपाल एम्बेस्सी 2 NRNA Kuwait 1

बिजेता, उपविजेतासहितका खेलाडीलाई नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत श्री दुर्गा प्रसाद भन्डारीको हातबाट पुरस्कार प्रदान गरिएको हो । खेलमा १० सशक्त नेपाली टिमहरुले सहभागीता जनाएका थिए ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...