Sunday 21st December 2025

कुवेत स्वास्थ्य मन्त्रालयद्वारा आप्रवासीहरूको लागी नयाँ शुल्क सार्वजनिक


तितोपाटी-कुवेतस्थित स्वास्थ्य मन्त्रालयद्वारा गत आइतबार देखी नया नियम लागू गरेको छ।

मन्त्रालयले देशभरका सार्वजनिक स्वास्थ्य क्लिनिक र अस्पतालका आकस्मिक कक्षमा रहेका फार्मेसीहरुमा औषधि लिनका लागि आप्रवासीहरुलाई औषधि शुल्कमा ५ दिनार तिर्नुपर्नेछ, भने बाहिरी बिरामी क्लिनिकहरूमा वितरण गरिनेऔषधिको लागि १० दिनार शुल्क आवश्यक हुनेछ। प्राथमिक स्वास्थ्य क्लिनिक र अस्पतालका आकस्मिक कक्षहरूमा मेडिकलचेकअपका लागि २ दिनार शुल्क लगाएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयको जानकारी अनुसार उक्त नियम केबल आप्रवासीहरूको लागी रहेको जनाएको छ।

स्वास्थ्य बीमा प्रणालीमा दर्ता भएका बाहिरी बिरामीहरूबाट औषधि वितरणको लागि शुल्क उठाउन स्वास्थ्य मन्त्रालयले जारी गरेकोनिर्णयले स्वास्थ्य सेवा सुधार गर्न, औषधिको दुरुपयोग रोक्न र वितरणलाई नियन्त्रण गर्ने उद्देश्य राखेको र औषधि शुल्क स्वास्थ्यपरामर्श शुल्कको अतिरिक्त हुने स्वास्थ्य मन्त्रालयलाई उद्धत गर्दै अल-कबास दैनिकले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...