बन्दना घिमिरे – लघुकथाकार श्रीराम राईले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा ”सपना” पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।
सहृदयी, मृदुभाषी साहित्यकार तथा पत्रकार श्रीराम राई सरल स्वभावका धनी हुनुहुन्छ । उहाँलाई पहिलो पटक मेरो मामा दुर्गा प्रसाद ग्वालटारेको मुक्तक संग्रह बिमोचनको क्रममा चिनेकी भएता पनि हाम्रो लघुकथा पाठशालाको माध्यमले अझ नजिकबाट परिचित हुने मौका पाएकी छु ।
नेपाली साहित्यलाई समृध्द बनाउने अभियानमा लाग्नु भएका सक्रिय साहित्यकार, नागरिककर्मी श्रीराम राईको जन्म दिक्तेल,रुपाकोट मझुवागढी नगरपालिका-७, सिर्जनाकुञ्ज, खोटाङमा पिता बमबहादुर राई र माता चन्द्रकुमारी राईको सुपुत्रको रुपमा भएको हो । पत्नी मुनु थुलुङ एवम् छोराछोरी नाम्छिहाङ र निनुङमाका साथ सुर्यबिनायक -४, थिमीमा बसोबास गर्नुहुने साहित्यकार पत्रकारिताको साथै साहित्य साधनामा अहोरात्र लाग्नुभएको छ ।
उहाँका टोली नेता ( बालकथा संग्रह,२०७४), आजका लघुकथा ( संयुक्त लघुकथा संग्रह,२०७४) र पोलेको मकै (बालकथा संग्रह, २०७८) प्रकाशित छन् । बिभिन्न साहित्यिक संघ संस्थाहरुमा संलग्न रहनुभएका साहित्यकारले ”इडन ब्रिज एकेडमी बाल पत्रकारिता सम्मान,२०७६ र ससाकं भवानी – शङ्खर लघुकथा सम्मान, २०७७ लगायतका सम्मान प्राप्त गरिसक्नु भएको छ । उहाँ लघुकथा सौन्दर्य फेसबुक पेजका व्यबस्थापक पनि हुनुहुन्छ ।
प्रस्तुत लघुकथा ”सपना”मा प्रवेश र पवना जोईपोइ मुख्य पात्र रहेका छन् भने लोकना, ठुल्दिदी र पवनाकी देउरानी गौणपात्र अथवा सहायक पात्रको रुपमा आएका छन् ।लघुकथा यसरी शुरु गरिएको छ । प्रवेशले फुरुङ्ङ हुँदै सुनाए, आमाबाहरूले त्यत्रो दसनङ्ग्री खियाउनुभयो। मैले यत्रो पढें तर केही काम पाइएन । डिपेन्डेन्ट भिसामा बाहिर जाने प्रस्ताव आएको छ पवना म के गरूँ?´
एकाएक पवनाको अनुहारमा अचम्मको भुइँकुहिरो मडारियो। उनले एकैसाथ भनिन् कोबाट यस्तो प्रस्ताव आयो ?
प्रवेशले यथार्थ बताए,”लोकनाले ठूल्दिदीसित कुरा गरेकी रहिछ डिपेन्डेन्ड भिसामा कसैलाई श्रीमानको रूपमा विदेश लैजानुपर्ने भएको छ।”
पवनाले सशंकित भावमा भनिन् यसैको कारणले हामीलाई पछि अप्ठेरो त पर्दैन ?`
उनले मनाउन खोज्दै भने,”के हुनु अप्ठ्यारो ? मन निश्छल भएपछि सबै राम्रो हुन्छ । यी नानीहरूलाई मैले जिउँदै टुहुरा बनाउनु छैन ।मौका आउँछ फर्किदैन, बगेको खोला फर्किदैन भन्ने त उखानै छ नि ।”
”मेरा साथीहरूलाई केहीको दु:ख छैन।ब्यूटीपार्लरमा मात्रै कत्ति धेरै खर्च गर्छन् । आफूलाई भने इज्जतै ढाक्न गारो । एकदुई वर्ष छुट्टिदा केही हुन्न।उनी सोचाइको दहमा चुर्लुम्म डुबिन् ।
प्रवेशले तातै खाऊँ जली मरूँ शैलीमा भने के सोच्दैछ्यौ तिमी ? लु, भन् के गरूँ म ?´
उनले स्वीकृति सूचक टाउको हल्लाउँदै भनिन् जानुस् न त्यस्तो मौका गुमाउनु हुँदैन ।अन्तत: सहमतिमै सम्बन्ध -विच्छेदको नाटक गरेर कागजात मिलाए । प्रवेश लोकनाका श्रीमान् भए । त्यसपछि स्वर्गीय आनन्द पाइने देश उडे ।
पवनाले देउरानी पर्नेलाई रंगीन सपना देखाउँदै भनिन् ,”मायाले भक्कानिँदै जानु भएको मेरो प्रवेशले एक हप्तामै अढाई लाख घरखर्च पठाउनु भयो। तिमीपनि केही सोच।”
धेरै वर्ष बित्यो तर प्रवेशले फर्किने कुरा गरेनन्। उनले उल्टै भने,”खानलाउन खर्च पठाएकै छु। केको क्याँउ -क्याँउ ?
त्यसपछि प्रवेशले चलाउँदै गरेको मोबाइल नम्बरकी नानीले भनिन्,` तपाईंले डायल गर्नु भएको नम्बर स्वीच अफ गरिएको छ।” लघुकथा यसरी समापन गरिएको छ ।
करिब २७६ शब्दमा बुनिएको लघुकथाले आम नेपालीको प्रतिनिधित्व गरेको छ । साधारण विषय जस्तो लागेपनि लघुकथाले गहन भाव बोकेको छ । घरमा भएका सक्कली श्रीमान् श्रीमती बिच सम्बन्ध बिच्छेद गर्ने र विदेश जान ठिक्क परेकाहरुसँग नक्कली विवाह गरेर भएपनि स्वर्गीय आनन्दको देशपुग्ने नेपालीहरुको सपना उजागर गरेको लघुकथाको शिर्षक सार्थक छ । सपना (रुपैयाँ)को पछाडि दौडनेक्रमका भोगाईहरु मार्मिक छन् । विदेश गएर पैसा कमाएर ल्याउने र सुखी जीवन जीउने कल्पनामा हराउदै विदेशीएका श्रीमान् पात्र उतै रमाएको भाव अर्थात् विपरित भावमा लघुकथा समापन भएकोले लघुकथाको मापनमा थपक्क बसेको छ । लघुकथाले घुमाउरो पारामा सकारात्मक संन्देश प्रवाह गर्दै महिलाहरुलाई सचेत गराएको छ । लघुकथा सरल र सुबोध छ ।केही नेपाली ठेट शब्दहरु जस्तै क्याउ-क्याउ, दशनङ्ग्री,भुइँकुहिरो जस्ता शब्दहरुको प्रयोगले लघुकथामा मिठास थपेको छ ।
लघुकथाको बीजवाक्य ” खानलाउन पैसा पठाएकै छु के को क्याउ -क्याउ ?” ले लघुकथालाई पुर्ण गराएको हुनाले त्यसपछिको वाक्यहरुले लघुकथालाई अधोगतितर्फ उन्मुख गरेको छ । अंग्रेजी शब्दहरु डिपेन्डेन्ट, अपरच्युनीटीको सट्टामा नेपाली शब्द राख्न पाए अझ राम्रो हुन्छ जस्तो लाग्छ मलाई ।
अन्त्यमा साहित्यका बिभिन्न बिधामा कलम चलाउनु हुने साहित्यकारको साहित्यिक यात्रा अविराम चलिरहोस् भन्दै सुस्वास्थ, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
बन्दना घिमिरे
हरिवन -१०, सर्लाही
हाल म.थि.न.पा.-३,भक्तपुर
लघुकथा – सपना
श्रीराम राई
प्रवेशले फुरुङ्ङ हुँदै सपना सुनाए,`अामाबाहरूले त्यत्राे दसनङ्ग्री खियाउनुभयाे । मैले यत्राे पढें तर केही काम पाइएन । डिपेन्डेन्ड भिसामा बाहिर जाने प्रस्ताव अाएकाे छ। पवना, तिमी नै भनन् म के गरूँ?´
एकाएक पवनाकाे अनुहारमा अचम्मको भुइँकुहिराे मडारियाे । उनलेे एकैसाथ भनिन्, `काेबाट यस्ताे प्रस्ताव अायाे ? के भनेकाे याे ?´
प्रवेशले यथार्थ बताए,` लाेकनाले ठूल्दिदीसित कुरा गरेकी रहिछ । पाए भने डिपेन्डेन्ड भिसामा कसैलाई श्रीमानकाे रूपमा विदेश लैजानुपर्ने भएको छ।´
पवनाले सशंकित भावमा भनिन् ,`अाबुई, यसैकाे कारणले हामीलाई भाेलि अप्ठेराे त पर्दैन । खाेई के भनाै म। `
उनलेे मनाउन खाेज्दै भने,`केकाे हुनु अप्ठ्यारो ! कहीँ केही पनि हुँदन। मन निश्छल भएपछि सबै राम्रो हुन्छ । यी नानीहरूलाई मैले जिउँदै टुहुरा बनाउनु छैन ।माैका अाउँछ फर्किदैन, बगेकाे खाेला फर्किदैन भन्ने त उखानै छ नि ।´
`मेरा साथीहरूलाई केहीकाे दु:ख छैन।ब्यूटीपार्लरमा मात्रै कत्ति धेरै खर्च गर्छन् । अाफूलाई भन इज्जतै ढाक्न गाराे । एकदुई वर्ष छुट्टिदा केही हुन्न।´ उनी साेचाइकाे दहमा चुर्लुम्म डुबिन् ।
प्रवेशले तातै खाऊँ जली मरूँ शैलीमा भने,` हैन, के साेच्दै छ्याै तिमी ? लु, भनन् के गरूँ म ?´
उनलेे स्वीकृति सूचक टाउको हल्लाउँदै भने,`त्यस्ताे केही हैन । जानुस् न त्यस्ताे अपर्च्युनिटी गुमाउनु हुँदैन ।´
अन्तत: सहमतिमै सम्बन्ध -विच्छेदकाे नाटक गरेर कागजात मिलाए । प्रवेश लाेकनाकाे श्रीमान् भए । त्यसपछि स्वर्गीय अानन्द पाइने देश उडे ।
पवनाले देवरानी पर्नेलाई रंगीन सपना देखाउँदै भनिन् ,`मायाले भक्कानिँदै जानु भएकाे मेराे प्रवेशले एक हप्तामै अढाई लाख घरखर्च पठाउनु भयाे । लु, तिमीले पनि केही साेच।´
धेरै वर्ष बित्याे तर प्रवेशले फर्किने कुरा गरेनन्। उनले उल्टै भने,` खानलाउन खर्च पठाएकै छु। केकाे क्याँउ -क्याँउ !´
त्यसपछि प्रवेशले चलाउँदै गरेकाे माेबाइल नम्बरकी नानीले भनिन्,` तपाईंले डायल गर्नु भएकाे नम्बर स्वीच अप गरिएकाे छ।´
२०७३, साउन २२, देवीनगर, काठमाडौ ।