Thursday 19th March 2026

राष्ट्रपतिको राजीनामा माग गर्दै मधेशमा जसपाको चरणवद्ध आन्दोलन घोषणा


जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै मधेश प्रदेशमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ।संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले गत मंगलबार प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक पारित गर्नुपर्नेमा अस्वीकार गरेको विरोधमा जसपाको मधेश प्रदेश समितिले राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

जसपाले मधेशमा शनिबारदेखि शान्तिपूर्ण आन्दोलन गरिने बताएको छ। जसपाले बुधबार र बिहीबार पनि मधेशका ८ वटै जिल्लामा राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको थियो।असोज ८ गते प्रदेशका सबै जिल्ला सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमका सन्दर्भमा नागरिक समाज लगायतसँग अन्तर्क्रिया गरिने जसपाले जनाएको छ।

जसपा मधेश समितिका सचिव दिनेश यादवका अनुसार असोज ११ मा भ्रातृ संगठनले राष्ट्रपतिविरूद्ध प्रदर्शन गर्ने कार्यक्रम छ। राष्ट्रपतिको पुत्ला दहन गर्ने पनि उनले बताए।

असोज १३ गते पालिका तहमा अन्तर्क्रिया गरिने उनले बताएका छन्। यस्तै असोज १५, १६ र १७ मा पालिका र वडा तहमा राष्ट्रपतिको कदमविरूद्ध अन्तर्क्रिया गरिने उनले बताए।‘संविधानतः नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्थ्यो तर उहाँले संविधानलाई नै च्यातचुत पार्न खोज्नुभयो। राष्ट्रपतिको यो कदमले यो व्यवस्थामाथि खतरा रहेको हाम्रो निष्कर्ष छ। उहाँले तुरून्त राजीनामा दिनुपर्छ’, उनले भने।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...