Tuesday 10th March 2026

लघुकथाः मनभरि कुरा – छायादत्त न्याैपाने बगर


समाजवाद आउँछ । समता पाइन्छ । जीवन जनतासित जनता जीवनसित आवश्यकताकाे नियम अनुसार सुविधा वितरण हुन्छ । राज्यले दिने अवसर व्यक्तिको आवश्यकता अनुसार अनुकूल हुन्छ भनेर यति ठुला आन्दोलन गर्नुभाे । अहिले आमालाई चुलाेचम्काेमा खुम्च्याउनु हुन्छ । मलाई समयले बाँधेर महाविद्यालय पठाउनुहुन्छ । झाेपडीमा चुलाे बलेको छैन । छाेरीहरू प्रतिबन्ध खेपिराछन्, सुरक्षित छैनन् । तपाईं उनै हिजोका सामन्त शाेषकसित मिलेर शाेषण गरिरहनुभा छ ! के हाे याे ? कामकुराे एकातिर कुम्लाे बाेकी ठिमीतिर ? छाेरीकाे खराे टिप्पणी सुनेर जनयुद्धका नायक खङ्ग्रङ भए, दाँतबाट पसिना आयाे, ओठतालु सुक्याे । हडबडाउँदै हाेइन,हाेइन हामी व्यवस्था गर्दै छौँ छाेरी । मान्छे आज गणतन्त्रमा छन् । बाेल्न त पाएका छन् नि ! जाे बाेलेका छन् तिनलाई त मुख थुन्नकैक लागि भए पनि कुनै ठाउँमा पुर्‍याइएकै छ । अलि साेझा मात्र ….
हैन बाबा यसरी ओठतालु सुकाएर बाेल्नुपर्ने अवस्था कसरी आयाे ? हिजाेदेखि आन्दोलनमा लागिपरेका र निमुखा जनताकाे जीवनमा उज्यालो खै ? आफू मात्र माेटाउने ? नायकका कन्सिरी ताते , म तिम्रो लागि गरिराछु। तिम्रो भविष्य हिजो मेराे जस्तो पसिनाप्रिय हाेइन आजजस्ताे कबाबप्रिय हुनुपर्छ । ती हिजोका कुरा तत्कालका लागि आवश्यक थिए । आज त फरक परिस्थिति हाे नि । त्यसाे भए तपाईंले राजनीति गरेको यतिका लागि हाे जनता झुक्याएर आफू रमाउन ?
खै परिवर्तन के भाे ? हिजो लुकिछिपी जनतासँग बसिन्थ्याे अहिले जनतादेखि टाढा महलबासी भइयो । यसैका लागि हाे सहिदको रगत ?
हँ, मैले म गलत बाटोमा छु कि क्या हाे ! घरपरिवारलाई धनसम्पत्तिले सुख दिएको छु। परिवार खुसी छ भन्ठानेकाे त भ्रम पाे रहेछ । परिवार त मेरा बा कति इमानदार छन् ? समाजले कसरी हेरेको छ, आफूले दिएको वचन र प्रतिबद्धता सम्झेका छन् कि बिर्से ? यस्तो मूल्याङ्कन गरेका रहेछन् । क्षणिक सुख दिएर परिवार खुसी हुन नसक्ने रहेछ । इज्जत सम्मान पाएर समाजमा शिर उठाउन चाहने रहेछ । हाे हुन पनि बेइमान भ्रष्टाचारीका सन्तान भएर बाँच्नु जस्तो कष्टकर जीवन के हाेला र ! हिजाे जनयुद्ध लडेको भनेर कत्रो सान ! आज भने भ्रष्टकाे नाइके ? ओहाे हिजोकाे त्यत्रो सानसौकात ! आज मेरै खप्परकाे बिर्को उघार्न छाेरी चाहिने ?
मनभरि कुरा खेले ! उनी उठेर यताउता गर्न थाले । छाेरीले अर्को काेठाकाे ढाेका उघारिन्।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...