समाजवाद आउँछ । समता पाइन्छ । जीवन जनतासित जनता जीवनसित आवश्यकताकाे नियम अनुसार सुविधा वितरण हुन्छ । राज्यले दिने अवसर व्यक्तिको आवश्यकता अनुसार अनुकूल हुन्छ भनेर यति ठुला आन्दोलन गर्नुभाे । अहिले आमालाई चुलाेचम्काेमा खुम्च्याउनु हुन्छ । मलाई समयले बाँधेर महाविद्यालय पठाउनुहुन्छ । झाेपडीमा चुलाे बलेको छैन । छाेरीहरू प्रतिबन्ध खेपिराछन्, सुरक्षित छैनन् । तपाईं उनै हिजोका सामन्त शाेषकसित मिलेर शाेषण गरिरहनुभा छ ! के हाे याे ? कामकुराे एकातिर कुम्लाे बाेकी ठिमीतिर ? छाेरीकाे खराे टिप्पणी सुनेर जनयुद्धका नायक खङ्ग्रङ भए, दाँतबाट पसिना आयाे, ओठतालु सुक्याे । हडबडाउँदै हाेइन,हाेइन हामी व्यवस्था गर्दै छौँ छाेरी । मान्छे आज गणतन्त्रमा छन् । बाेल्न त पाएका छन् नि ! जाे बाेलेका छन् तिनलाई त मुख थुन्नकैक लागि भए पनि कुनै ठाउँमा पुर्याइएकै छ । अलि साेझा मात्र ….
हैन बाबा यसरी ओठतालु सुकाएर बाेल्नुपर्ने अवस्था कसरी आयाे ? हिजाेदेखि आन्दोलनमा लागिपरेका र निमुखा जनताकाे जीवनमा उज्यालो खै ? आफू मात्र माेटाउने ? नायकका कन्सिरी ताते , म तिम्रो लागि गरिराछु। तिम्रो भविष्य हिजो मेराे जस्तो पसिनाप्रिय हाेइन आजजस्ताे कबाबप्रिय हुनुपर्छ । ती हिजोका कुरा तत्कालका लागि आवश्यक थिए । आज त फरक परिस्थिति हाे नि । त्यसाे भए तपाईंले राजनीति गरेको यतिका लागि हाे जनता झुक्याएर आफू रमाउन ?
खै परिवर्तन के भाे ? हिजो लुकिछिपी जनतासँग बसिन्थ्याे अहिले जनतादेखि टाढा महलबासी भइयो । यसैका लागि हाे सहिदको रगत ?
हँ, मैले म गलत बाटोमा छु कि क्या हाे ! घरपरिवारलाई धनसम्पत्तिले सुख दिएको छु। परिवार खुसी छ भन्ठानेकाे त भ्रम पाे रहेछ । परिवार त मेरा बा कति इमानदार छन् ? समाजले कसरी हेरेको छ, आफूले दिएको वचन र प्रतिबद्धता सम्झेका छन् कि बिर्से ? यस्तो मूल्याङ्कन गरेका रहेछन् । क्षणिक सुख दिएर परिवार खुसी हुन नसक्ने रहेछ । इज्जत सम्मान पाएर समाजमा शिर उठाउन चाहने रहेछ । हाे हुन पनि बेइमान भ्रष्टाचारीका सन्तान भएर बाँच्नु जस्तो कष्टकर जीवन के हाेला र ! हिजाे जनयुद्ध लडेको भनेर कत्रो सान ! आज भने भ्रष्टकाे नाइके ? ओहाे हिजोकाे त्यत्रो सानसौकात ! आज मेरै खप्परकाे बिर्को उघार्न छाेरी चाहिने ?
मनभरि कुरा खेले ! उनी उठेर यताउता गर्न थाले । छाेरीले अर्को काेठाकाे ढाेका उघारिन्।