Monday 12th January 2026

नेपाल कुवेत सांस्कृतिक मञ्चको हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न


कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चले आयोजना गरेको हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम नेपालकी चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगरका साथमा हिजो सेप्टेम्बर २ तारिख २०२२ शुक्रबारको दिन कुवेतको जलिप स्थित इन्डियन सेन्ट्रल स्कुलको सभाहलमा भव्यताका साथ सम्पन्न भयो।

मञ्चका अध्यक्ष गोविन्द बरालको सभाध्यक्षता तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता सम्पन्न उक्त सांस्कृतिक कार्यक्रममा विशेष अतिथिको रूपमा एनअारएनए कुवेतका अध्यक्ष रणध्वज लामा रहेका थिए भने नेपाली दूतवास कुवेत परिवार, एनअारएनए कुवेत परिवार, कुवेतमा सामुदायिक पत्रकारिता गरिरहेका विभिन्न मिडियाका मिडियाकर्मीहरू, कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, विज्ञापनदाता कम्पनीका प्रतिनिधिहरू लगायत विभिन्न पेशामा संलग्न नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको भिडभाडयुक्त उपस्थिति रहेको थियो ।

तीज विशेष कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै महामहिम राजदूत भण्डारीले कला संस्कृति र चाडपर्वले धनी हामी नेपालीले स्वदेश वा परदेश जहाँ भए पनि संस्कार र संस्कृति भुल्न नहुने, एकले अर्कोसँग हातेमालो गरेर संस्कृति जोगाइराख्नु पर्छ भन्दै हामी परदेशमा श्रम गर्न अाएका छाैं भने श्रमको मुल्य चिनेर अाफुले कमाएको धनको बचतमा विशेष ख्याल पुर्याउन र कमाएकाे धन सुरक्षित रूपमा नेपाल पुर्याइ भोलिको उज्वल भविष्य बनाउन बचत गर्ने कार्यमा सतर्कता अपनाउन सम्पुर्णमा अाग्रह गर्नु भएको थियो । उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिने वक्ताहरूमा महामहिम राजदूतका अलावा नेपाली दूतावास कुवेतकी द्वित्तिय सचिव जानकी ओझा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा, एनअारएनएका मध्यपूर्व उप संयोजक अमित राइ, नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका सल्लाहकार आनन्द आचार्य, नेपाल कुवेत सांस्कृतिक मञ्चका संरक्षक सुजन के सी जजिरा एयरका प्रतिनिधि, अल मुल्ला एक्सचेञ्जका प्रतिनिधि लगायत रहेका थिए ।

कार्यक्रमको सुरुवातमा नै नेपालबाट आएकी गायिका देबि घर्ती मगरले आफ्नो प्रस्तुतीबाट कार्यक्रम हलमा उपस्थिति सबैलाई भरपुर मनोरञ्जन दिईकी थिईन।काेरना पछिकाे पहिलो सांगीतिक कार्यक्रम भएको हुनाले हलमा उपस्थिति सबैले मनोरञ्जन लिई नाचिरहेका थिए। कार्यक्रम अवधिभर देवी घर्ती मगर तथा स्थानीय कलाकारले उपस्थित दर्शक सबैलाई भरपुर मनोरञ्जन दिएका थिए। कार्यक्रमको मुख्य प्रायोजक अल मुल्ला एक्सचेन्ज थियोे भने आधिकारिक एयरलाइन प्रायोजक- जजीरा एयरवेज थियाे । पशुपतिनाथ कार्गो कुवेतले उपस्थित दर्शकलाई पानी र जुस बाँडेका थिए भने युना फेन्सी स्टोर कुवेत र अायस फेसन लेडिस गार्मेन्टसले महिला दिदिबहिनीहरुलाई साडी बाँडेका थिए। कल्याणकारी युवा समाज कुवेतले पानीको व्यवस्था गरेको थियो।

नेपाल कुवेत सांस्कृतिक मञ्चले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान पनि गरेको थियोे । सम्मान पाउनेमा अल मुल्ला एक्सचेन्ज, जजिरा एयरवेज, लोकदोहोरी गायिका देबी घर्ती मगर,नेपाल कुवेत साँस्कृतिक मञ्चकाे संस्थापक संरक्षक सुजन के सी, राम तामाङलाई सम्मान रहेका थिए । कार्यक्रमको अन्त्यसम्म स्थानीय कलाकार तथा नेपालबाट आएकी गायिका देबि घर्ती मगरले भरपुर मनोरञ्जन दिईरहेका थिए। संस्थाका संरक्षक टिकाराम अाचार्यको स्वागत संगै शुरू भएको सांस्कृतकि कार्यक्रम राष्ट्रिय गान, दिप प्रज्वलन सहितको उद्घाटनबाट शुरु भएको थियो भने संस्थाका महासचिव प्रसाद तिमिसना तथा कुशल वक्ता भुवन सुवेदीले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।

स्मरण रहोस, कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मन्चले स्थापनाकाल देखि नै सांस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको छ भने कुवेतमा नेपालीहरूमाझ सामुहिक रूपमा नेपाली चाडपर्वहरू मनाउने देखि चाडपर्वहरू लक्षित सांस्कृतिक कृयाकलापहरू गर्दै अाइरहेको छ । प्रवासबाट नेपाली कला र संस्कृतिको संरक्षण र सम्वर्धनमा लागि परेको यस संस्थाले प्रवासबाटै पनि धेरै कलाकारहरू जन्माइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...