Thursday 22nd January 2026

मुख्यमंत्रीले गरे लिङथोइलाई सम्मान


डा. हरिमोहन पोखरेल, कोहिमा /हालैमा साराजेवोमा संपन्न भएको विश्व कैडेट जुडो चैम्पियनशिपमा भारतबाट प्रतिनिधित्व गर्दै गएर गोल्ड मेडल जित्नमा सफल हुने कुमारी लिङथोई चांदमलाई नागलेंड सरकारले सम्मानित गरेको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री विरेनले लिङथोईलाई एउटा खदा ओडाएर सम्मानित गरे ।
सानो समारोहमा बोल्दै बिरेनले भने कि मणिपुरले विश्वको खेलको पटलमा नया पाठ सिकाउने काम गरेको छ ।सानो राज्य भए पनि खेल प्रतिको चासोले इतिहास बनाई रहेको छ ।

उनले अगाडि भने कि कुमारी लिङथोईलिङथोईले सानो उमेरमा ठूलो कार्य गरेको छ ।सरकारले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने छ । उनले अगाडि थपे कि भारतवर्षको खेल मन्त्रालयले पनि सा -साना खेलाडीहरू प्रति नया नीति तैयार गर्नुपर्ने बेला आएको छ । मणिपुरवासीको आशीर्वादले एकदिन अवश्य पनि लिङथोइले पाउनेछिन ।

स्मरण रहोस् मणिपुर खेलको क्षेत्रमा पावरहाउस हो भन्दा फरक नपर्ला ।
–डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...