ब्लाक होल को विषयमा धेरै कुराहरु हुने गर्दछन तर त्यो बैज्ञानिक अनुमान र अनुसन्धान सधै एकनाशको निश्कर्षमा सिमित हुदैनन । ब्रमाण्डको विशालताका अगाडी एउटा साना पिण्डमा रहेका मानिसको ज्ञान अति कम हो । तर पनि मानिस मात्र यस्तो प्राणी हो जो सँग सोच्ने, नयाँ नयाँ कुराको खोजी गर्ने अथाहा क्षमता छ ।
पृथ्वी, चन्द्रमा, सुर्य र ताराहरुको संख्या ब्रमाण्डमा अरबौ खरबौको संख्यामा छ । विज्ञानले पत्ता लगाएका दर्जनौ ग्यालेक्सि छन र प्रत्येक ग्यालेक्सिमा अरबौ ताराहरु छन । ती ग्यालेक्सीहरुमा एक वा त्यो भन्दा धेरै व्लाकहोलहरु पनि छन । यस्तो विशाल ब्रमाण्डीय संरचनामा मा पृथ्वी यति सानो बस्तु हो जसरी यो पृथ्वीको नक्सामा तपाईको घर लाई अटाउन वा देखाउन सकिन्दैन ।
व्लाकहोल यी सवै ग्रह वा ताराहरु को काल हो । सवै ग्रहहरुको विनाश निश्चित हुन्छ । कुनै ग्रहहरु आपसमा ठोकिएर ध्वस्त हुन्छन, कुनैमा अधिक ज्वालामुखीका कारणले सकिन्छन, कुनैमा पर्यावरण वा बातावरण नभएर विनाशको मार्गमा जान्छन, कुनैमा छुद्र ग्रहहरु बजारिएर मृत हुन पुग्दछन । कहि ड्राक मेटरको त कहि अन्य कुनै प्रकारको असरले मासिन्छन । धेरै जसो ग्रहहरुको विनास ढिलो र चाडोको कुरा अलग हो तिनको अन्तिम गन्तव्य व्लाकहोलमा पुगेर हुने गर्दछ । व्लाकहोलको विशालता यस्तो छ की सिंगो हाम्रो सौर्य मण्डल व्लाकहोलका लागि एक गाँस खाना हामीले मुखमा हाले जस्तै हो ।
व्लाकहोल प्रेमय हुन्छन भनेर महसुर बैज्ञानिक स्टेफिन हाकिंसले भनेका थिए । यसो भन्नुको कारण के हो भने उसले जहिल्यै आफू नजिकका सवै कुराहरुलाई तानिरहेको हुन्छ । यसको मतलब त्यहाँ एक प्रकारको आर्कषण हुन्छ जुन कुरा गुरुत्वाकार्षण बलबाट सृजित हुने गरेको हो ।
जब कुनै दुई व्लाकहोल आपसमा नजिकिन्छन तब त्यहाँ उनीहरु बीचको घुम्ने गति अधिक भन्दा अधिक बढेर जान्छ । व्लाकहोल आफैमा अथाह ग्रहहरुको सागर वा समुन्द्र हो । सिंगो एउटा आकाश गंगालाई नै व्लाकहोल ले अस्थिर बनाएर हिडिरहेको हुन्छ । उसको मार्गका जति पनि ग्रहहरु आउछन तिनीहरुलाई क्षण भर मै व्लाकहोल ले आफूमा समाहित गर्दछ । तिनीहरु उसको मुखमा पसेपछि हराउछन । यो यति विशाल हुन्छ की हाम्रो पृथ्वी भन्दा लाखौ गुण ठुला ग्रहहरुलाई उसले सजिलै निलिदिन्छ । जब दुई व्लाकहोलहरु आपसमा मिल्छन त्यसबेला भने ब्रमाण्डमा ठुलो विस्पोट हुन पुग्दछ । जतिवेला एउटाको अस्तित्व सदाका लागि समाप्त हुन्छ । त्यसरी हुने विस्पोटको वेब अर्थात छाल ब्रमाण्डमा सवै तिर फैलन्छ । त्यति बेला कुनै ग्रहरु तानिन्छन, कुनै उछिटिन्छन र कुनै टुक्रिन्छन । कुनै डुटिन्छन । त्यसपछि उक्त ब्रमाण्डमा एकल शक्तिको कारण फेरी अर्को संरचना तयार हुन थाल्दछ । नयाँ नयाँ ग्रहहरुको उत्पति हुने क्रमको शुरुवात हुन्छ । यो क्रम अरबौ बर्ष सम्म चलिरहन्छ र एउटा स्थिर ब्रमाण्ड र नियममा चल्ने ग्रहहरुको अर्को संरचना तयार हुन्छ । कुनै बेला यस्तै भएर हाम्रो सौर्य मण्डल बनेको हो । सुर्यबाट उछिटिएका चैटा मध्येको पृथ्वी पनि एउटा हो । यसर्थ सौर्य परिवारका सवै ग्रह वा उपग्रहरु लगभग उस्तै पदार्थले बनेका छन । बृहस्पती को कुरा अलिक बेग्लै छ किनकी यसमा पदार्थ भन्दा धेरै ग्यास छ । जुन ग्रह विशाल र उर्जाशिल छ त्यसको गुरुत्व बल ले एउटा परिवार निर्माण गर्ने गरेको हुन्छ । कम गुरुत्वाकर्षण भएका ग्रहरु बलियोको वरिपरी परिक्रमा गर्दछन । ग्रहहरु भन्दा साना उपग्रहरु उसको नजिकैको ठुलो ग्रहहरु को चन्द्रमा का रुपमा घुम्न थाल्छन ।