Friday 19th August 2022

फेरी बज्न थाल्यो बाम एकताको विन


तोयानाथ उपेक्षित, बाम एकताको विन बज्न थालेको छ । कांग्रेससँग लम्पसार भएकाहरुले गठबन्धनलाई आगामी २० देखि २५ बर्ष यसरी नै लाने सार्वजनिक घोषणा गरेको ३ महिना वितेको छैन तर बाम एकता भन्न थालियो । के साँच्चै बाम एकता गर्न का लागि बाम एकता भनिएको हो ? कदापी होईन । यो विन बजाएर सर्पहरु सलबलाउनका लागि त ठिकै होला तर भैसी उठाउन का लागि भने यसले काम गर्दैन ।

बाम एकताको विन बजाएर सुनाएको कसलाई हो भन्ने पनि थाहा पाई सक्नु भयो होला । हो ! शेर बहादुर देउवालाई बाम एकताको विन ले तर्साउछ भन्ने पुष्पकमल दाहाल र माधब नेपाल लाई राम्ररी थाहा छ । यो बिन बजाए पछि एकता होस नहोस संघिय संसदको चुनावमा हात माथि पार्न एकिकृत माओवादी र नेकपा एसलाई चाही मद्दत नै पुग्छ । शेर बहादुर तर्साउन प्रचण्डले नारायण काजीलाई खटाएका छन उता एसबाट झलनाथ तरबराएको देखिन्छ । तर केपी ओलीका अगाडी यो विन भैसीका अगाडी बजाए जस्तै हो । उनले सुन्ने वाला छैनन । उनलाई थाहा छ यो विन एकताका लागि भनेर बजिरहेको छैन ।

शेर बहादुर देउवालाई के डर छ भने भरोसा नभएको प्रचण्ड र मान पुरयाएर नसकिने माधव नेपाल कुनै पनि बेला एमालेसँग टासिन गए भने कांग्रेसको सर्वस्व हुनेछ । तर उनको बुझाईमा सवै कांग्रेसीजनको सहमती छैनन तर टिकट नपाउन सक्ने डरले शेर जसरी ढुक्रन्छ जंगल त्यसरी नै शान्त हुन्छ भने झै को अवस्था छ । शेर बहादुर को निर्णय लाई चुनौती दिन सक्ने अर्को कांग्रेसी नेता नै त्यहा भित्र छैन ।

धेरै ठुलो भ्रमपूर्ण बुझाईले स्थानिय निर्वाचनमा ढुक्क भएका केपी शर्मा ओली अहिले भने ढुक्ंक छैनन । पाँच दलिय गठबन्धनको घेराबन्दी तोडन नसके फेरी पनि विपक्षि दलमा नै चित्त बुझाउन पर्ने उनले बुझेका छन । त्यसर्थ कसरी त्यो गठबन्धनलाई फुटाउन सकिन्छ भनेर उनको टिम अहारात्र लागेको छ । बाम गठबन्धनको विन एमाले ईतर बामले बजाई रहदा केपी ओलीले त्यसको खुलेर विरोध गरेको पाईन्दैन यसको कारण के हो भने यो आवाज जति उछालिन्छ त्यति नै कांग्रेसहरुमा शंसय बढ्छ र गठबन्धनमा द्धन्द्ध सृजना हुन सक्छ भनेर उनले मौनता साधेको देखिन्छ । यो रणनैतिक हिसावले फाईदा हुन सक्ने मनोबैज्ञानिक र मौन लडाईको एउटा चतुर्यतापूर्ण पक्ष हो ।

ओली एमाले को नेतृत्वमा र प्रचण्ड माओवादीको अध्यक्षमा रहेसम्म यो एकताको विन ले काम गर्ने छैन । ओली र प्रचण्ड विनाको बाम पार्टी एउटा विकल्प हो तर कमसेकम आउदो संघिय चुनाव नभए सम्म त्यसको मार्गचित्र कतै देखिनेवाला छैन । ओलीलाई नेता नमाने एमाले एकताको नाममा एक कदम अघि बढदैन र प्रचण्ड ओली को नेतृत्व रहेसम्म एमालेसँग एकता गरौ भन्ने नैतिक साहास जुटाउन सक्दैनन । यसर्थ बाम एकताको विन कांग्रेस तर्साउने हतियार भन्दा अरु केही होईन ।

हो त्यहाँ एउटा गठबन्धन को कुरा छ जहाँ बाम नामका पूर्व नेकपाकाबाट उछिट्टिएका तीनवटा झुण्ड छन । ए माओवादी, माधव नेपाल एस र बामदेव पल्स । रुपमा अलग अलग जस्तो लागे पनि सार मा उनीहरु कतै अलग छैनन । त्यो रुप अध्यक्ष पदका लागि र कांग्रेससँग पार्टीको संख्या धेरै देखाएर सौधा गर्न का लागि मात्र अस्तित्वमा भिन्न दखिएका हुन । अहिले उनीहरु बीच एकता गर्ने या आपसमा गठबन्धन गर्ने वा पूर्व नेकपा को सचिवालय व्युताउने भन्ने सवै प्रचारहरु आगामी चुनावका लागि तयार गरिएका कृतिम स्टन्टहरु मात्र हुन । उनीहरु न पहिले कहिल्यै अलग थिए न त अहिले अलग छन ।

अहिले माहौल केही फरक छ । स्वतन्त्रहरुले प्रत्यक्षमा थोरै जित्लान तर समानुपातिक उनीहरुको भागमा पनि बाडिने छ । जसले गर्दा अब हुने चुनाव पछाडी बन्ने सरकार झन अस्थिर र विकाश विरोधी नै हुनेछ । प्रदेशहरुमा तानातान र किनबेच को संस्कृति बौरिने छ । त्यसले गर्दा बहुदलिय व्यवस्थाप्रतिको वितृष्ण अरु बढने निश्चित छ । यो राजावादीहरुका लागि उर्वर अवस्था हुने संकेत हो । स्वतन्त्रहरु फल्नेफूल्ने अवस्थाको पूर्वसन्ध्या पनि हो । यसर्थ अब उठ्ने मुद्धा संघियता की विना संघियताको गणतन्त्र वा राजतन्त्र भन्नेमा केन्द्रित हुनेवाला छ ।

संघियता विरोधी स्वर अरु शसक्त हुने निश्चित छ । एमाले ढिलो चाडो संघियताको खारेजीको पक्षमा उभिने देखिन्छ । राप्रपा को हिन्दु धर्म को पक्षमा खडा हुने छ र स्वतन्त्रहरु प्रत्यक्ष कार्यकारी प्रम को पक्षमा बोल्न थाल्नेछन जसले गर्दा यो संबिधान नै फेर्न पर्ने अवस्थामा मुलुक पुग्नेछ । यो अर्को अस्थिरता र अराजकताको स्थितीमा अरु ५ बर्ष मुलुक फस्ने वाला छ । त्यसपछि अहिलेको नेतृत्व सवै पन्छाएर नयाँ नेतृत्व ले या त देश समाल्नेछ या त श्रीलंकाको अवस्थामा मुलुक फस्नेछ जहाँ बाट सचेततापूर्वक मुलुक समाल्ने नेता पैदा भएन भने विदेशीहरुको क्रिडास्थलमा रुपान्तरित हुने देखिन्छ ।


Loading...
सम्बन्धित शीर्षकहरु

गत वर्ष कृष्ण जन्मष्टमीको दिन जुनेली साहित्य समाज नेपालको स्थापना भएको थियो। हिजो यो समाज एक वर्ष पुरा गरी दोस्रो…

स्रष्टा परिचय नाम - भागवत खनाल ठेगाना - पाल्पा माथिल्लो खस्यौली जन्म मिति - २०१६ बा - अम्बिका प्रसाद खनाल…

काठमाडौं-मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ…

प्रतिकृयाहरू