Friday 20th March 2026

बृहस्पती ग्रहले कमसेकम ३० वटा पृथ्वी निलिसकेको छ


बृहस्पती अर्थात जुपिटर हाम्रो सौर्यमण्डलको सवै भन्दा ठुलो ग्रह हो । यदि यस सौर्यमण्डलका सवै ग्रहहरुलाई एउटै ठाउँमा मिलाउने हो भने पनि बृहस्पती ग्रह २ दशमलब ५ गुणा ज्यादा ठुलो छ ।

भनिन्छ यो ग्रहको चट्टानी सतह छैन तर यसलाई आंशिक सत्य मान्ने बैज्ञानिक पनि छन । खासगरी हाईड्रोजन र हिलियम ग्यासको पिण्ड नै हो बृहस्पती तर यसको कोर सतह मा चटटानी धातु रहेको विश्वास गरिन्छ । यहाँ प्रश्न के उठ्ने गरेको छ भने त्यो धातु त्याहाँ कसरी संभव भयो ? एकथरी बैज्ञानिकहरुको विश्वास छ की बृहस्पती ग्रहले उक्त धातु अन्य ग्रहबाट आएका साना साना टुक्राहरुलाई आफू भित्र समाहित गरेको हो ?

ग्राभेटि साईन्स यन्त्रको प्रयोग गरेर नासाको स्पेस क्राफ्ट जुनो को माध्यामबाट बृहस्पती ग्रहको निर्माण हुने ईलिमेन्टस के हुन सक्छ भनेर खोज गर्दा पत्ता लागेको कुरा के हो भने त्यहाँ धर्ति मा पाईने धातु जस्ता पदार्थहरु रहेको पत्ता लागेको हो । त्यस प्रकारको धातुको परिमाण यति धेरै छ कि जहाँ ३० वटा पृथ्वी जति हुन आउछ । जुन प्रकारको मेटल बृहस्पतीको केन्द्र भागमा रहेको बताईन्छ । यी रहस्यमय तथ्य पत्ता लगाउन नाशा ले जुनो अन्तरिक्ष यानलाई बृहस्पतीको अर्विटमा उतारेको थियो । बृहस्पतीको अध्यायन गर्ने बैज्ञानिक यामिल मिग्युल का अनुसार बृहस्पती को गुरुत्वाकर्षणले गर्दा ब्रमाण्डमा छरिएर रहेका साना साना धातुका टुक्राहरुलाई यात एकत्रित गरेर त्यो सम्भव भयो या त ठुलठुला ग्रहहरुलाई निल्यो ।

अन्तरिक्षमा धुलका कणहरु जब एकत्रित भएर एक किलोमिटर को आकार लिन थाल्छन तब त्यहाँ गुरुत्व शक्ति निर्माण हुन शुरु हुन्छ र यसले अन्य साना चटटान लाई आफूमा एकत्रित गर्दै नजिकको ठुलो ग्रहको चक्कर काट्न थाल्छ । कालान्तरमा ठुलो गुरुत्व बल भएको ग्रहले साना ग्रहहरुलाई आफू नजिक तान्दै जाने र एउटा समय कालमा आफैमा मिलाउने क्रम हुने भएकाले बृहस्पतीले आफू निर्माणकालमा धातु विहिन भए पनि पछि त्यस्ता पदार्थहरु जम्मा गर्दै लगेको मानिन्छ ।

जुपिटर अर्थात बृहस्पतिका दुई चन्द्रमा भएको तस्वीर पनि जुनो यान ले खिचेको छ । जुपिटर लाई दैत्य ग्रह पनि भन्ने गरिन्छ किनकी यसको सतहमा ज्वालामुखी जस्तो ग्यासको लिचड सतहमा उम्लिरहेको पाईन्छ । अर्थात सतह यति तातो छ कि त्यहाँ कुनै पनि धातु केही सेकेण्डमा नै पग्लन्छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...