Thursday 19th March 2026

दक्षिण अफ्रिकाको एक बारमा गोली चल्दा कम्तिमा १४ जनाको मृत्यु


दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो सहरको एउटा बारमा कम्तीमा १४ जनाको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्दुकधारीहरू आइतबार बिहान ओर्लान्डो ईस्ट टेभर्नमा प्रवेश गरे र युवाहरूको समूहमा अनियमित रूपमा गोली चलाउन थाले। त्यसपछि उनीहरु सेतो मिनीबसमा भागेका थिए ।

प्रहरीका अनुसार बन्दुकधारीहरू राइफल र नाइन एमएमको पेस्तोल लिएर बारभित्र पसेका थिए । आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उमेर १९ देखि ३५ वर्षको रहेको बताइएको छ । घटनास्थलमा प्रहरी पुग्दा रगतले लत्पतिएका १२ जना मृतकका खात फेला परेका थिए । गोलाबारीमा घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको छ । अस्पतालमा थप धेरै व्यक्तिहरू गम्भीर अवस्थामा रहेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...