Friday 20th March 2026

कोलम्बियाको एक कारागारभित्र दंगा पश्चात भएको आगलागीमा परेर ५१ जनाको मृत्यु


कोलम्बियाको एक कारागारभित्र आगलागीमा परेर ५१ जनाको मृत्यु भएको छ । आगलागी बन्दीहरूले दंगा फैलाएर बस्नको लागि राखिएका गद्दाहरू जलाउँदा आगजनी फैलिन गइ यति ठुलो संखयामा मानिसहरूको मृत्यु भएको हो । कोलम्बियाको तुलुवा सहरस्थित क्वेजोन सिटी जेलमा रातभर बन्दीहरूले प्रदर्शन गर्दा सो आगजनी भएको हो ।

अधिकारीहरूका अनुसार यो कोलम्बियामा पछिल्लो समय भएका सबैभन्दा खराबमध्येको एक घटना हो । जेलभित्र दंगा हुँदा कैदीहरूले सुत्न र बस्न प्रयोग गरिने केही गद्दाहरू जलाएका थिए । यस क्रममा आगो फैलिएर ४९ जनाको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई जनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटनामा ३० जना घाइते भएका छन् । जहाँबाट अरु दर्जनौं बन्दीलाई सकुशल उद्धार गरिएको थियो ।

देशको दक्षिण-पश्चिम सहरमा रहेको उक्त जेलमा १ हजार २ सय ६७ बन्दी छन् । आगलागी भएको स्थानमा मात्रै १८० वटा घरहरू रहेको बताइएको छ । कोलम्बियाका प्राय: कारागारहरूमा क्षमताभन्दा ठूलो भीड हुने गरेको बताइन्छ ।

देशभर ८१ हजार बन्दी अटाउने क्षमताका जेल रहे पनि ९७ हजार जना बन्दीहरू रहेको तथ्यांक छ । हाल पोर्चुगल भ्रमणमा रहेका कोलम्बियाका राष्ट्रपति इभान ड्युकले मंगलबार भएको जेलभित्रको हिंसात्मक घटनाको छानबिन गरिने बताएका छन् । साथै उनले उक्त घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

यसअघि २०२० मा कोलम्बियामा भीडभाड र सेवा अभावविरूद्ध बन्दीहरूले प्रदर्शन गर्दा २० जनाभन्दा धेरै मारिएका थिए । त्यस क्रममा कोलम्बियाको सरकारले केही कैदीहरूलाई रिहा गरेको थियो।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...