Tuesday 24th February 2026

नेपाल पत्रकार महासंघ कुवेत शाखाले रक्तदान कार्यक्रम सम्पन्न गर्यो


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार महासंघ कुवेत गठन भएको १२ वर्ष पुरा भएको अवसरमा महासंघ कुवेत शाखाले हिजो २४ जुन २०२२ का दिन रकुवेत स्थित सैन्ट्रल ब्लड बैंक, जाब्रियामा जुन २४ शुक्रवारको दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजनामा नेपाली रक्तदाता संघ कुवेत (NBDA KUWAIT) को समन्वय तथा श्री सत्य साइ सेवा सदन कुवेतको सहजीकरणमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको भएको थियो । रक्तदान कार्यक्रममा पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थी, गैरआवासीय नेपाली संघ समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामा, रक्तदाता संघ कुवेतका अध्यक्ष रुपेन हमाल, पत्रकार महासंघ कुवेतका अधिकांश सदस्यहरू सहित रक्तदान गर्न इच्छुक अन्य नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको उपस्थिति रहेको थियो ।

‘रक्तदान जिवनदान’ भन्ने मुल नारालाइ आत्मसाथ गर्दै हिजोको कार्यक्रममा पनि विभिन्न देशका रक्तदाताहरूले रक्तदान गरेका थिए भने नेपाली समुदायका ३० जना भन्दा बढिले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको संयोजन उपाध्यक्ष राज मल्लले गरेका थिए ।रक्तदान कार्यक्रममा आवतजावतका लागि यातायातको समेत व्यवस्था गरिएको थियो भने रक्तदाताहरुको लागि जुस पानी, फलफूल तथा खानपिनको व्यवस्था समेत रहेको थियो ।

नेपाली समुदाय कुवेतमा विगत लामो समयदेखि तमु समाज कुवेतले हरेक वर्ष नियमित रूपमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ भने नेपाली रक्तदाता संघ कुवेत गठन भए यता समय समयमा रक्तदानका कार्यक्रमहरू गरिरहेको छ ।

कुनै पनि एक स्वस्थ व्यक्तिले चिकित्सकको सल्लाह अनुसार तीन /तीन महिनामा रक्तदान गर्न सकिन्छ । कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शरीरमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो। यसरी शरीरलाइ चहिने भन्दा बढि मात्रामा रहेको रगत दान गर्दा रगतको आवश्यकता भएका बिरामीहरूलाइ समयमा रगत उपलब्ध गराउन सकिन्छ भने रगतकै कारण कसैको ज्यान जानबाट बचाउन सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...