Wednesday 15th April 2026

देउवाले नेपालमा अमेरिकी हस्तक्षेप भित्र्याए


तोयानाथ उपेक्षित, तीतोपाटी/अब भने पुर्खाले जोगाएको यो देशको भविश्य अस्तित्वमा रहने हो की होईन भन्ने चिन्ता बढाएको छ । एमसीसीको ढोका खोलेर अमेरिकालाई स्वागत गरेका दलका दलालहरुले नेपालको असंलग्न परराष्ट नीतिलाई धुलिसाफ बनाउदै गएका छन । किस्ता किस्तामा अमेरिकाले नेपाललाई आफ्ना रणनैतिक साझेदार बनाउने अवस्था देखिएको छ ।

एकातिर भारत अर्कोतिर चीनको विचमा रहेको नेपालमा अमेरिका पसे पछि कुनै न कुनै दिन नेपालीहरुले युक्रेन, अफगान, ईराक वा सिरियाको जस्तो दिन व्यहोर्न पर्दैन भनेर आश्वस्त हुने कुनै ठाउँ भेटिन्न । भारत त लामैसमय सम्म अमेरिकाको नेपाल प्रवेशमा मौन रहने छ किनकी अमेरिकाको पहिलो निशानामा म होईन चीन हो भन्ने उसको बुझाई हुन सक्छ । अमेरिका नेपालमा बलियो रुपमा बसिदिदा चीनलाई दवावमा राख्न सजिलो हुने अर्को बुझाई पनि उसको होला तर अन्तत्वगोत्वा अमेरिकाको नेपाल बसाईले भारतको सार्वभौमिकता र स्वतन्त्र निर्णयको अधिकारमा समेत गंभिर असर पार्ने नै छ ।

युक्रेन उचालेर रुससँग युद्ध गराएको अमेरिकाले युक्रेनले हार्दा पनि आफूले जितेको मान्ने छ । किनकी उसले विश्वका आफ्ना साझेदार राष्ट्रहरुसँगको सम्बन्धबाट रुसलाई टाढा राखिसकेको छ । यदि रुसले युक्रेन कव्जा नै गरे पनि अमेरिकालाई केही फरक पर्ने छैन । उसको उद्देश्य रुसलाई कम्जोर बनाउनु र उसलाई त्यही मामलामा अलमल्याई रहनु अहिलेको मुख्य उपलब्धि हुनेछ । अहिले अमेरिकाको मुल निशाना भनेको चीन हो । चीनलाई ताईवानसँग युद्ध गराउन सके रसिया यो अवस्थामा अमेरिकाको विरुद्धमा युद्धमा होमिन नसक्ने उसको बुझाई हुन सक्छ । जबसम्म ताईवान चीनको युद्ध हुदैन तबसम्म रसियालाई नेटो मार्फत युक्रेनमा अल्झाई रहने अमेरिकी चालबाजी हो । युक्रेन युद्धमा फसेको रुसले चीनलाई यस्तो अवस्थामा सहयोग गर्न पनि सक्ने छैन । त्यसो हुदा अमेरिका आफ्ना साझेदार राष्ट्रको सहयोगमा चिन विरुद्ध लड्न सक्ने छ । त्यसका लागि दक्षिण कोरिया र जापानलाई उसले तयारी अवस्थामा राखेको छ । नेपालमा लामो समयको कोशिष मार्फत एमसीसी छिराएको अमेरिकाले अब सहजै नेपाल मार्फत चीन घेर्न शुरु गरिसकोको छ । सैन्य हस्तक्षेपका लागि उसले स्टेट पार्टनरशिप प्रोग्राम अन्तर्गत देउवा बुख्याचाका रुपमा तयार भईसकेका छन ।

एमसीसी कति घातक हो भन्ने थाहा पाउन नेपाली जनतालाई समय लागेन । अब त एमालेका हनुमन्ते सांसदहरुले पनि थाहा पाउनु पर्ने हो । हगि सक्यो दैलो देखो को पारामा प्रदिप ग्यावलीले बोलेको कुरा सुन्दा उनको मुखमा हान्न पर्ने जस्तो तपाईलाई पनि लागेको होला । भीम रावल यस मामलामा निक्कै दुरदर्शी रहेछन । तर अब यी र यस्ता आक्रैस व्यक्त गर्ने समय छैन । जति सक्दो चाडो देउवाको अमेरिका भित्र्याउने अभियानमा ब्रेक लगाउन जरुरी छ । सवै बामहरु यदि देशको माया गर्ने हुन भने यति बेला ढिला नगरी एक ठाउँमा आउन पर्दछ । देउवाको अमेरिका भ्रमण अघि नै यो सरकार गिराउनु मात्र एक विकल्प बाकी छ । जसले गर्दा स्टेट पार्टनरशिप प्रोग्रामलाई रोक्न सकिन्छ । हिजोका दिनमा एमसीसी पास गर्न सत्तालाई महत्व दिएका माओवादी र एसले अब देउवा सरकार गिराएर चोखिने मौका पाएको रुपमा बुझे उनीहरुको भविश्य रहनेछ । एमालेले पनि पास गराउनु पर्दछ भनेर कराएको कसैले भुलेका छैनन । यस्तो अवस्थामा देशलाई बचाउन गल्तीको पश्चपात गर्ने मौकाको रुपमा लियो भने राम्रै हुनेछ ।

देश गंभिर खतरनाक मोडमा आएको कुरा सवैले महसुस गर्न पर्दछ । देउवाले मुलुकलाई अमेरिकाको पोल्टामा हाल्न लागि सके । उनका लागि भोली बास बस्न अमेरिकाले ठाउँ देला तर नेपाली जनता कहाँ जाने । रुसले युक्रेनलाई हाने जस्तो चीनले नेपाललाई हान्ने दिन देख्न र भोग्न नपरोस ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले मध्यपूर्व युद्धका क्रममा यदि बेइजिङले इरानलाई सैन्य सहयोग गरेको प्रमाण भेटिए चीनबाट अमेरिका प्रवेश गर्ने…

रुसले इरानको समृद्ध (enriched) युरेनियम आफ्नो नियन्त्रणमा लिन प्रस्ताव अझै खुला रहेको जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति…

रूस–युक्रेन युद्धमा पहिलो पटक मानवरहित सैन्य प्रणालीमार्फत शत्रुको एक स्थान कब्जा गरिएको युक्रेनी राष्ट्रपति Volodymyr Zelenskyy ले बताएका छन्। उनका…

प्रतिकृयाहरू
...