Thursday 18th April 2024

देउवाले नेपालमा अमेरिकी हस्तक्षेप भित्र्याए


तोयानाथ उपेक्षित, तीतोपाटी/अब भने पुर्खाले जोगाएको यो देशको भविश्य अस्तित्वमा रहने हो की होईन भन्ने चिन्ता बढाएको छ । एमसीसीको ढोका खोलेर अमेरिकालाई स्वागत गरेका दलका दलालहरुले नेपालको असंलग्न परराष्ट नीतिलाई धुलिसाफ बनाउदै गएका छन । किस्ता किस्तामा अमेरिकाले नेपाललाई आफ्ना रणनैतिक साझेदार बनाउने अवस्था देखिएको छ ।

एकातिर भारत अर्कोतिर चीनको विचमा रहेको नेपालमा अमेरिका पसे पछि कुनै न कुनै दिन नेपालीहरुले युक्रेन, अफगान, ईराक वा सिरियाको जस्तो दिन व्यहोर्न पर्दैन भनेर आश्वस्त हुने कुनै ठाउँ भेटिन्न । भारत त लामैसमय सम्म अमेरिकाको नेपाल प्रवेशमा मौन रहने छ किनकी अमेरिकाको पहिलो निशानामा म होईन चीन हो भन्ने उसको बुझाई हुन सक्छ । अमेरिका नेपालमा बलियो रुपमा बसिदिदा चीनलाई दवावमा राख्न सजिलो हुने अर्को बुझाई पनि उसको होला तर अन्तत्वगोत्वा अमेरिकाको नेपाल बसाईले भारतको सार्वभौमिकता र स्वतन्त्र निर्णयको अधिकारमा समेत गंभिर असर पार्ने नै छ ।

युक्रेन उचालेर रुससँग युद्ध गराएको अमेरिकाले युक्रेनले हार्दा पनि आफूले जितेको मान्ने छ । किनकी उसले विश्वका आफ्ना साझेदार राष्ट्रहरुसँगको सम्बन्धबाट रुसलाई टाढा राखिसकेको छ । यदि रुसले युक्रेन कव्जा नै गरे पनि अमेरिकालाई केही फरक पर्ने छैन । उसको उद्देश्य रुसलाई कम्जोर बनाउनु र उसलाई त्यही मामलामा अलमल्याई रहनु अहिलेको मुख्य उपलब्धि हुनेछ । अहिले अमेरिकाको मुल निशाना भनेको चीन हो । चीनलाई ताईवानसँग युद्ध गराउन सके रसिया यो अवस्थामा अमेरिकाको विरुद्धमा युद्धमा होमिन नसक्ने उसको बुझाई हुन सक्छ । जबसम्म ताईवान चीनको युद्ध हुदैन तबसम्म रसियालाई नेटो मार्फत युक्रेनमा अल्झाई रहने अमेरिकी चालबाजी हो । युक्रेन युद्धमा फसेको रुसले चीनलाई यस्तो अवस्थामा सहयोग गर्न पनि सक्ने छैन । त्यसो हुदा अमेरिका आफ्ना साझेदार राष्ट्रको सहयोगमा चिन विरुद्ध लड्न सक्ने छ । त्यसका लागि दक्षिण कोरिया र जापानलाई उसले तयारी अवस्थामा राखेको छ । नेपालमा लामो समयको कोशिष मार्फत एमसीसी छिराएको अमेरिकाले अब सहजै नेपाल मार्फत चीन घेर्न शुरु गरिसकोको छ । सैन्य हस्तक्षेपका लागि उसले स्टेट पार्टनरशिप प्रोग्राम अन्तर्गत देउवा बुख्याचाका रुपमा तयार भईसकेका छन ।

एमसीसी कति घातक हो भन्ने थाहा पाउन नेपाली जनतालाई समय लागेन । अब त एमालेका हनुमन्ते सांसदहरुले पनि थाहा पाउनु पर्ने हो । हगि सक्यो दैलो देखो को पारामा प्रदिप ग्यावलीले बोलेको कुरा सुन्दा उनको मुखमा हान्न पर्ने जस्तो तपाईलाई पनि लागेको होला । भीम रावल यस मामलामा निक्कै दुरदर्शी रहेछन । तर अब यी र यस्ता आक्रैस व्यक्त गर्ने समय छैन । जति सक्दो चाडो देउवाको अमेरिका भित्र्याउने अभियानमा ब्रेक लगाउन जरुरी छ । सवै बामहरु यदि देशको माया गर्ने हुन भने यति बेला ढिला नगरी एक ठाउँमा आउन पर्दछ । देउवाको अमेरिका भ्रमण अघि नै यो सरकार गिराउनु मात्र एक विकल्प बाकी छ । जसले गर्दा स्टेट पार्टनरशिप प्रोग्रामलाई रोक्न सकिन्छ । हिजोका दिनमा एमसीसी पास गर्न सत्तालाई महत्व दिएका माओवादी र एसले अब देउवा सरकार गिराएर चोखिने मौका पाएको रुपमा बुझे उनीहरुको भविश्य रहनेछ । एमालेले पनि पास गराउनु पर्दछ भनेर कराएको कसैले भुलेका छैनन । यस्तो अवस्थामा देशलाई बचाउन गल्तीको पश्चपात गर्ने मौकाको रुपमा लियो भने राम्रै हुनेछ ।

देश गंभिर खतरनाक मोडमा आएको कुरा सवैले महसुस गर्न पर्दछ । देउवाले मुलुकलाई अमेरिकाको पोल्टामा हाल्न लागि सके । उनका लागि भोली बास बस्न अमेरिकाले ठाउँ देला तर नेपाली जनता कहाँ जाने । रुसले युक्रेनलाई हाने जस्तो चीनले नेपाललाई हान्ने दिन देख्न र भोग्न नपरोस ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

दक्षिण पश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ। यद्यपि भूकम्पबाट…

प्रतिकृयाहरू
...