Monday 30th June 2025

नेपाली दूतावास कुवेत र एनआरएनद्वारा संयुक्तरुपमा राष्ट्रिय फुटबल टोलीको सम्मानमा दिवाभाेज तथा परिचयात्मक कार्यक्रम सम्पन्न


नेपाली दूतावास र गैरआवासीय नेपाली संघ कुवेतद्वारा एएफसी एसियन कप २०२३ को छनोट खेल खेल्न कुवेत आइपुगेका राष्ट्रिय फुटबल टोलि संगको दिवा भोज तथा परिचयत्मक कार्यक्रम सम्पन्न भएको छ।

दिवाभोज तथा परिचयात्मक कार्यक्रममा महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीले एएफसी एसियन कप २०२३ को अन्तिम चरणको खेलका लागि कुवेत आएको नेपाली राष्ट्रिय टोलिको सम्मानमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई आफ्नो शीप र क्षमाताको पूर्ण सदुपयोग गर्दै अनुशासित, दृढ मनोवल र आत्मविश्वासका साथ उत्कृष्ट खेलका लागि हौसला र प्रेरणा प्रदान गर्ने खेलाडीलाई शुभकामना दिए।

उक्त कार्यक्रमको संचालन नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले गरेका थिए भने गैरआवासीय नेपाली संघका अध्यक्ष रण ध्वोज लामाले खेलाडी तथा उपस्थित सबैलाई स्वागत गरका थिए।

दिवा भोज तथा परिचयात्मक कार्यक्रममा राष्ट्रिय फुटबल टीमका प्रमुख प्रशिक्षक अब्दुल्ला अल मुताइरीकाे उपस्थिति थियो भने कुवेतबाट नेपाली दुताबास परिवार गैरआवासीय नेपाली संघ तथा मिडियाकर्मीको उपस्थिति थियो।


सम्बन्धित शीर्षकहरु

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार भने कि १२ दिने युद्धमा इरानमाथिको उनको देशको "विजय" ले गाजामा बन्धकहरूलाई मुक्त गर्ने लगायत…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भनेका छन् कि उनी "उत्तर कोरियासँगको द्वन्द्व समाधान गर्नेछन्।" विश्वव्यापी द्वन्द्व समाधान गर्ने आफ्नो प्रयासलाई…

प्रतिकृयाहरू
...