Tuesday 21st April 2026

नेपाली दूतावास कुवेत र एनआरएनद्वारा संयुक्तरुपमा राष्ट्रिय फुटबल टोलीको सम्मानमा दिवाभाेज तथा परिचयात्मक कार्यक्रम सम्पन्न


नेपाली दूतावास र गैरआवासीय नेपाली संघ कुवेतद्वारा एएफसी एसियन कप २०२३ को छनोट खेल खेल्न कुवेत आइपुगेका राष्ट्रिय फुटबल टोलि संगको दिवा भोज तथा परिचयत्मक कार्यक्रम सम्पन्न भएको छ।

दिवाभोज तथा परिचयात्मक कार्यक्रममा महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीले एएफसी एसियन कप २०२३ को अन्तिम चरणको खेलका लागि कुवेत आएको नेपाली राष्ट्रिय टोलिको सम्मानमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई आफ्नो शीप र क्षमाताको पूर्ण सदुपयोग गर्दै अनुशासित, दृढ मनोवल र आत्मविश्वासका साथ उत्कृष्ट खेलका लागि हौसला र प्रेरणा प्रदान गर्ने खेलाडीलाई शुभकामना दिए।

उक्त कार्यक्रमको संचालन नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले गरेका थिए भने गैरआवासीय नेपाली संघका अध्यक्ष रण ध्वोज लामाले खेलाडी तथा उपस्थित सबैलाई स्वागत गरका थिए।

दिवा भोज तथा परिचयात्मक कार्यक्रममा राष्ट्रिय फुटबल टीमका प्रमुख प्रशिक्षक अब्दुल्ला अल मुताइरीकाे उपस्थिति थियो भने कुवेतबाट नेपाली दुताबास परिवार गैरआवासीय नेपाली संघ तथा मिडियाकर्मीको उपस्थिति थियो।


सम्बन्धित शीर्षकहरु

शुक्रबार अब्बास अराघची ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ठूलो घोषणा गरे। उनले युद्धविरामको बाँकी समयसम्म होर्मुजको जलडमरूमध्य पूर्ण रूपमा खोलिएको बताएका…

तितोपाटी- गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ…

तितोपाटी- नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई आत्मसात्…

प्रतिकृयाहरू
...