Wednesday 25th February 2026

अमेरिकाको न्युयोर्क राज्यस्थित एक सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु


अमेरिकाको न्यूयोर्क राज्यमा एक किशोरले एउटा सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ। बफलो सहरमा घटनास्थलबाटै १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ। प्रहरीले उनको नाम खुलाएको छैन। ती सन्दिग्ध व्यक्तिले सैनिक पोशाकमा शनिवार दिउँसो व्यस्त सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएका थिए।

प्रहरीका अनुसार ती किशोरले आफूले गरेको आक्रमण अनलाइनमा प्रत्यक्ष प्रसारण गर्न क्यामराको प्रयोग गरेका थिए। कुल १३ जनालाई गोली लागेकोमा घाइते भएका तीन जना जोखिममुक्त रहेको बताइएको छ ।

सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले उक्त हमलालाई “हिंसक अतिवादी कृत्य” को सङ्ज्ञा दिएको छ।

उक्त सुपरमार्केटमा सुरक्षाकर्मीको रूपमा काम गर्ने एक सेवानिवृत्त प्रहरीले ती सन्दिग्ध आक्रमणकारीलाई गोली हान्ने प्रयास गरेका थिए। तर सन्दिग्ध आक्रमणकारीले हानेको गोली लागेर उनको मृत्यु भयो। सन्दिग्ध आक्रमणकारीले निकै शक्तिशाली राइफल बोक्नुका साथै शरीरमा गोली छेक्ने कवच र हेल्मेट लगाएको प्रहरीले जनाएको छ। प्रहरीले प्रतिकार गरेपछि उनले आफ्नो हतियार समर्पण गरेका थिए। उनीविरुद्ध हत्याका अभियोगहरू लगाइएको छ।उनी‍विरुद्ध थप अभियोगहरू लगाउन सकिने एक सरकारी वकिलले बताएका छन्। रासस


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...