Wednesday 25th February 2026

भारतको राजधानी दिल्लीमा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु


दिल्लीको मुन्डका इलाकाको एक भवनमा शुक्रबार बेलुका भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको र कम्तीमा १२ जना घाइते भएको त्यहाँस्थित आपत्कालीन सेवा प्रदायकहरूले बताएका छन्। प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको थियो।

राजधानी दिल्लीको पश्चिममा रहेको मुन्ड्का मेट्रो स्टेसन नजिकै भएको उक्त घटनामा आगो निभाउन करिब ७ घण्टा लागेको थियो । आगलागी हुनुको कारण विद्युतीय अवरोधका (सर्ट सर्किट) भएको अनुमान गरिएको छ।

ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु हुनेहरूको परिवारका लागि दुई लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने बताएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार उक्त भवनमा थुप्रै कम्पनीका कार्यालय थिए । त्यहाँबाट करिब सयाैं जनालाई उद्धार गरिएको छ ।  उक्त भवनमा सीसीटिभीको फ्याक्ट्री र गोदाम भएकोले त्यहाँ धेरै मजदुर काम गरिरहेका थिए । भवनमा भित्र पस्ने र बाहिर निस्कने एउटै मात्रै ढोका भएकोले उद्दार कार्य असहज हुन गइ धेरै समय लागेको थियो ।


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...