Tuesday 30th December 2025

श्रीलङ्काका प्रधानमन्त्री राजापक्षद्वारा राजीनामा


श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजापक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्। श्रीलंका आर्थिक संकटमा चुर्लुम्म डुबेर व्यापक रूपमा सरकार विरोधी प्रदर्शन भइरहेका बेला उनले राजीनामा दिएका हुन् । सरकार विरोधी प्रदर्शनकारी तथा राजपक्ष दाजुभाइका समर्थकबिच हिंसात्मक झडपहरू भएपछि कर्फ्यु लगाइए लगत्तै उनले राजीनामा दिएका हुन्।

प्रहरी र अस्पतालका अधिकारीहरूका अनुसार उक्त हिंसात्मक झडपमा सत्तारुढ पार्टीका एक जना सांसदसहित दुई जनाको ज्यान गएको छ भने करिब एक सय ४० जना घाइते भएका छन्।

गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा मानिसहरूले औषधिसहित अत्यावश्यक सामग्रीहरू प्राप्त गर्न सङ्घर्ष गरिरहेका छन्।त्यहाँ महँगी अत्यिधक बढेको छ र विद्युत् आपूर्तिमा कटौती भएको छ। दुई करोडभन्दा बढी जनसङ्ख्या भएको श्रीलंकाले सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयता सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।

गत अप्रिल महिनाको सुरुवातदेखि सरकारविरुद्ध प्रदर्शन जारी छ र प्रदर्शनकारीहरूले राष्ट्रपति राजपक्षको राजीनामा माग गरिरहेका छन्। त्यहाँ सङ्कटकाल लागू हुनुअघि राजधानी कोलम्बोमा प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालय बाहिर भइरहेको प्रदर्शन हिंस्रक भएपछि प्रहरी परिचालन गरिएको थियो। सत्तारुढ दलका समर्थकहरूले सुरक्षा घेरा तोडेर सरकार विरोधी प्रदर्शनकारीमाथि प्रहार गरेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो।


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...