Wednesday 13th May 2026

अर्को एउटा पृथ्वी जहाँ पुग्न २० हजार वर्ष लाग्छ


तोयानाथ उपेक्षित, तीतोपाटी/खगोलविदहरु पृथ्वी जस्ता ग्रहहरुको खोजीमा वर्षौदेखि लागि परेका छन । यसको एउटै कारण हो कुनै दिन मानिसहरुका लागि पृथ्वी बस्न योग्य रहने छैन । त्यस अवस्थामा सदाका लागि मानवको विनाश हुने छ । त्यसो हुनबाट मानिसको अस्तित्व कसरी बचाउने भन्ने प्रयास स्वरुप खगोलको अध्यायन र प्रविधिको विकासमा बैज्ञानिक खोज जारी छ ।

यस सम्बन्धमा अनेकौ बैज्ञानिक सोध र अनुसन्धानहरु हुदै आएका छन । सन २००९ अघिको कुरा गर्ने हो भने पृथ्वी र मंगलमा अध्यायन र अनुसन्धान केन्द्रित थियो तर जब सन २००९ मा केप्लर टेलिस्कोपको विकास भयो त्यस पछि हाम्रो सौर्य मण्डल बाहिरका ताराहरु र तिनका वरिपरि चक्कर लगाउने ग्रहहरुको सम्बन्धमा अध्यायन हुन थाल्यो । अहिले सम्मको अध्यायनले १५ सय भन्दा धेरै ग्रहहरुलाइ जीवनको संभावना रहेका ग्रहका रुपमा हेरिन थालिएको छ ।

तारा TO1-700 लाई तिनवटा ग्रहहरुले परिक्रमा गर्दछन । तिनैवटाको साईज पृथ्वीको जस्तै नै भए पनि B र C उक्त ताराको नजिकबाट परिक्रमा गर्ने भएका ले हाम्रो पृथ्वीमा हुने सूर्यको प्रकाश भन्दा पाँच गुणा ज्यादा रहेको बताईन्छ जसका कारण ती पिण्डहरुमा अधिक तापमान छ भने D को अवस्था पृथ्वीको जस्तै छ । अर्थात त्यहाँ पानी तरल अवस्थामा रहेको छ । यसको मतलब त्यहाँ जीवनको संभावना छ तर उक्त ग्रह पृथ्वीबाट १०० प्रकाश बर्ष टाढा छ । यो दुरी कति हो भने अति नै गतिवान यान पार्कर सोलर प्रोबलाई समेत त्यहाँ पुग्न २० हजार वर्ष लाग्दछ ।

हालसम्म भएका अनेकौ खोज अनुसन्धानबाट पृथ्वीबाट नजिक पाईएको ह्वाविटेवल अर्थात जिवनयापनका लागि योग्य प्रोक्सिमा सेन्चुरी मात्र धेरै संभावना बोकेको ग्रह हो जुन पृथ्वीबाट ४ दशमलब २ प्रकाश बर्ष टाढा छ । एक प्रकाश सेकेण्डमा ३ लाख किलोमिटरको दुरी हुने हुनाले ४ दशमलब २ पनि त्यति नजिक हैन जति सुन्दा आश लाग्दछ ।

ब्रमाण्ड विशाल छ र यो विशालता सँगै जीवन योग्य ग्रहहरु पनि प्रसस्तै छन तर यो निश्चित हो की कुनै पनि ग्रहहरु सधैका लागि जीवित हुदैनन जसरी जिवन सधैका लागि हुदैन । अरबौ साल पुराना ग्रहहरुमा हामी ६० देखि ८० बर्षका पाहुना मात्र हौ । हामी छोटो समयका लागि छौ ग्रहहरु लामो समयका लागि तर सवै कुरा नाशवान छन । पृथ्वी हामी अनुकुल छ तर आज भन्दा २ अरब ५० करोड बर्ष पहिले आजको जस्तो थिएन । त्यसबेला कार्वनडाईअक्साईड र मिथेन ग्यासले भरिएको थियो । यस्तो अवस्थामा जिबन हुने कुरा थिएन । अहिले ७७ प्रतिशत नाईट्रोजन र २१ प्रतिशत अक्सिजन पृथ्वीमा छ जसले सवै जिवात्मा बास छ । ठिक यसरी नै व्रमाण्ड आफैमा विस्पोट वा विनाश नभए पनि त्यसको उत्पती अधिका केही अरब सालहरु अर्कै बातावरणमा हुने र तिनको बातावरण परिवर्तन हुदै जाने भएकाले हिजो जिवनका लागि प्रतिकुल भएकाहरु अनुकुल बन्ने र अनुकुल रहेकाहरु प्रतिकुलतामा बदलिने भईरहन्छ । बैज्ञानिकहरुको चिन्ता मानिस यहि धर्तिमा मात्र मानिसका रुपमा हुन सक्छन यसको विनास ले ब्रमाण्ड नै मानवविहीन त हुने होईन भन्ने चिन्ता छ । यसर्थ मानिसका लागि दाश्रो ग्रह भेटियो र त्यहाँ स्थानान्तरण गर्न सकियो भने त्यो मानिसको अस्तित्वका लागि ठुलो चमत्कार हुने आशाले यी सवै प्रयासहरु भईरहेका हुन ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...