तोयानाथ उपेक्षित, तीतोपाटी/खगोलविदहरु पृथ्वी जस्ता ग्रहहरुको खोजीमा वर्षौदेखि लागि परेका छन । यसको एउटै कारण हो कुनै दिन मानिसहरुका लागि पृथ्वी बस्न योग्य रहने छैन । त्यस अवस्थामा सदाका लागि मानवको विनाश हुने छ । त्यसो हुनबाट मानिसको अस्तित्व कसरी बचाउने भन्ने प्रयास स्वरुप खगोलको अध्यायन र प्रविधिको विकासमा बैज्ञानिक खोज जारी छ ।
यस सम्बन्धमा अनेकौ बैज्ञानिक सोध र अनुसन्धानहरु हुदै आएका छन । सन २००९ अघिको कुरा गर्ने हो भने पृथ्वी र मंगलमा अध्यायन र अनुसन्धान केन्द्रित थियो तर जब सन २००९ मा केप्लर टेलिस्कोपको विकास भयो त्यस पछि हाम्रो सौर्य मण्डल बाहिरका ताराहरु र तिनका वरिपरि चक्कर लगाउने ग्रहहरुको सम्बन्धमा अध्यायन हुन थाल्यो । अहिले सम्मको अध्यायनले १५ सय भन्दा धेरै ग्रहहरुलाइ जीवनको संभावना रहेका ग्रहका रुपमा हेरिन थालिएको छ ।
तारा TO1-700 लाई तिनवटा ग्रहहरुले परिक्रमा गर्दछन । तिनैवटाको साईज पृथ्वीको जस्तै नै भए पनि B र C उक्त ताराको नजिकबाट परिक्रमा गर्ने भएका ले हाम्रो पृथ्वीमा हुने सूर्यको प्रकाश भन्दा पाँच गुणा ज्यादा रहेको बताईन्छ जसका कारण ती पिण्डहरुमा अधिक तापमान छ भने D को अवस्था पृथ्वीको जस्तै छ । अर्थात त्यहाँ पानी तरल अवस्थामा रहेको छ । यसको मतलब त्यहाँ जीवनको संभावना छ तर उक्त ग्रह पृथ्वीबाट १०० प्रकाश बर्ष टाढा छ । यो दुरी कति हो भने अति नै गतिवान यान पार्कर सोलर प्रोबलाई समेत त्यहाँ पुग्न २० हजार वर्ष लाग्दछ ।
हालसम्म भएका अनेकौ खोज अनुसन्धानबाट पृथ्वीबाट नजिक पाईएको ह्वाविटेवल अर्थात जिवनयापनका लागि योग्य प्रोक्सिमा सेन्चुरी मात्र धेरै संभावना बोकेको ग्रह हो जुन पृथ्वीबाट ४ दशमलब २ प्रकाश बर्ष टाढा छ । एक प्रकाश सेकेण्डमा ३ लाख किलोमिटरको दुरी हुने हुनाले ४ दशमलब २ पनि त्यति नजिक हैन जति सुन्दा आश लाग्दछ ।
ब्रमाण्ड विशाल छ र यो विशालता सँगै जीवन योग्य ग्रहहरु पनि प्रसस्तै छन तर यो निश्चित हो की कुनै पनि ग्रहहरु सधैका लागि जीवित हुदैनन जसरी जिवन सधैका लागि हुदैन । अरबौ साल पुराना ग्रहहरुमा हामी ६० देखि ८० बर्षका पाहुना मात्र हौ । हामी छोटो समयका लागि छौ ग्रहहरु लामो समयका लागि तर सवै कुरा नाशवान छन । पृथ्वी हामी अनुकुल छ तर आज भन्दा २ अरब ५० करोड बर्ष पहिले आजको जस्तो थिएन । त्यसबेला कार्वनडाईअक्साईड र मिथेन ग्यासले भरिएको थियो । यस्तो अवस्थामा जिबन हुने कुरा थिएन । अहिले ७७ प्रतिशत नाईट्रोजन र २१ प्रतिशत अक्सिजन पृथ्वीमा छ जसले सवै जिवात्मा बास छ । ठिक यसरी नै व्रमाण्ड आफैमा विस्पोट वा विनाश नभए पनि त्यसको उत्पती अधिका केही अरब सालहरु अर्कै बातावरणमा हुने र तिनको बातावरण परिवर्तन हुदै जाने भएकाले हिजो जिवनका लागि प्रतिकुल भएकाहरु अनुकुल बन्ने र अनुकुल रहेकाहरु प्रतिकुलतामा बदलिने भईरहन्छ । बैज्ञानिकहरुको चिन्ता मानिस यहि धर्तिमा मात्र मानिसका रुपमा हुन सक्छन यसको विनास ले ब्रमाण्ड नै मानवविहीन त हुने होईन भन्ने चिन्ता छ । यसर्थ मानिसका लागि दाश्रो ग्रह भेटियो र त्यहाँ स्थानान्तरण गर्न सकियो भने त्यो मानिसको अस्तित्वका लागि ठुलो चमत्कार हुने आशाले यी सवै प्रयासहरु भईरहेका हुन ।