Saturday 21st March 2026

युक्रेनमा रूसी आक्रमणपछि अहिलेसम्म ३ हजार बढीको मृत्यु


युक्रेनमा रुसी आक्रमणको क्रममा हालसम्म ३ हजारभन्दा धेरै नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्र मानवअधिकारको कार्यालय (ओएचसीएचआर)ले सोमबार यसबारे जानकारी दिएको हो । युक्रेनमा गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता मृत्यु हुनेको संख्या ३ हजार १ सय ५३ पुगेको ओएचसीएचआरले जनाएको हो ।

यद्यपि कतिपय मृत्युका घटना पुष्टि गर्न कठिनाइ भएकाले मृत्यु हुनेको वास्तविक संख्या अझै धेरै हुनसक्ने आकलन गरिएको छ । यसरी मृत्यु हुनेमा धेरैजसो क्षेप्यास्त्र आक्रमण र हवाई हमलालगायत विस्फोटक हतियारहरूबाट मारिएको बताइएको छ ।

रुसले भने युक्रेनलाई निशस्त्रीकरण गर्न र फासीवादीहरूबाट जोगाउनका लागि आफूले ‘विशेष अपरेशन’ गरेको दाबी गरेको छ । साथै यो युक्रेन र पश्चिमाहरूको निराधार आरोप भएको जिकिर गरेको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार रुसी आक्रमणपछि युक्रेनबाट दसौं लाख मानिस सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् । साथै २ सयभन्दा धेरै संख्यामा बालबालिकाहरू पनि मारिएको बताइएको छ ।

बेलायत, अमेरिकासहित देशहरूले भने युक्रेनलाई मानवीय सहायताका लागि आफू तयार रहेको प्रतिक्रिया दिएका छन् । यसबीचमा युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले विभिन्न देशका प्रमुखहरूसँग भेट गरिसकेका छन् । यही साताको सुरुमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँग जेलेन्सकीले टेलिफोन वार्ता गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...